‘पूर्णबहादुरको सारङ्गी’को क्रेडिट लिन पाएका तीनै फिल्म फ्लप « Khabarhub

‘पूर्णबहादुरको सारङ्गी’को क्रेडिट लिन पाएका तीनै फिल्म फ्लप


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ०८१ कात्तिकमा प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ व्यापारिक रुपमा नेपाली फिल्म इतिहासकै सर्वाधिक सफल बन्यो ।

यो फिल्म सफल बनेपछि आर्थिक विवादले निर्माण कम्पनी ‘सेभेन सिज सिनेमा’ टुक्रिएर दुई वटा बन्यो । लोगो परिवर्तन गरेर अहिले विनोद पौडेलले ‘सेभेन सिज सिनेमा’ कम्पनी चलाएका छन् ।

अर्का निर्माता प्याट्रिक सुबेदीले भने ‘सेभन सिज इन्टरनेस्नल’ सञ्चालमा ल्याएर फिल्म बनाउँदैछन् ।

‘पूर्णबहादुरको सारङ्गी’पछि यी दुवै निर्माताले एक–एक फिल्म प्रदर्शनमा ल्याइसके । दोस्रो फिल्मको प्रचारमा यी दुवैले ‘पूर्णबहादुरको सारङ्गी’को क्रेडिट लिएका थिए ।

बिनोदले ‘अभिमन्यु प्रचारका क्रममा पूर्णबहादुरको सारङ्गीका निर्माताको दोस्रो’ फिल्म भनेर क्रेडिट लिएका थिए ।

प्याट्रिकको कम्पनीको ब्यानरमा फिल्म ‘कोशेढुङ्गा’ बन्यो । जसको निर्देशक सरोज पौडेल थिए भने लेखक महेश दवाडी हुन् । यी दुवै ‘पूर्णबहादुरको सारङ्गी’मा यही जिम्मेवारीमा थिए ।

‘कोशढुङ्गा’ टिमले प्रचारमा ‘पूर्णबहादुरको सारङ्गीका निर्देशकको दोस्रो फिल्म’ भनेर क्रिडिट लिएको थियो ।

यसरी क्रेडिट लिनु सामान्य कुरा हो । भारतमा अझ यस्तो अभ्यासको बढी हुन्छ । नेपालको सन्दर्भमा पनि यो चल्तीको अभ्यास नै हो ।

‘कोशेढुङ्गा’ र ‘अभिमन्यु’ टिमले अर्को फिल्मको क्रेडिट दर्शकलाई हलसम्म तान्ने उद्देश्यले नै प्रयोग गरेको थियो ।

तर, यी दुवै फिल्मको व्यापारमा ‘पूर्णबहादुरको सारङ्गी’को क्रेडिटले काम गरेन । यी दुवै फिल्म व्यापारिक रुपमा फ्लप भए ।

भदौ १२ बाट प्रदर्शनमा आएको ‘कोशेढुंगा’ले २ करोड पनि व्यापार गर्न सकेन । यसको ग्रस कलेक्सन एक करोड ८० लाख हाराहारी छ ।

विनोदले मंसिर १८ बाट ‘अभिमन्यु’ प्रदर्शनमा ल्याए । व्यापारिक रुपमा यो फिल्म फ्लप भयो । यो फिल्मले मंसिर १८ देखि पुस ५ सम्म २१ लाख ४८ हजारको व्यापार गरेको छ ।

यी दुवै फिल्मको व्यापार ‘पूर्णबहादुरको सारङ्गी’को तुलनामा निकै न्यून हो । जबकी उक्त फिल्मले ४६ करोड ४७ लाख ‍ग्रस कलेक्सन गरेको छ । यसको तुलनामा ‘अभिमन्यु’को व्यापार ४६ करोड १६ लाखले कम हो । ‘कोशेढुंगाले’को व्यापार भने ४५ करोड सात लाखले कम हो ।

तथापि, ‘अभिमन्यु’ समीक्षात्मकरुपमा मन पराइएको फिल्म हो । ‘कोशेढुंगा’ले समीक्षामा पनि राम्रो प्रतिक्रिया पाएन ।

प्रचारमा ‘पूर्णबहादुरको सारङ्गी’को क्रेडिट यी दुई फिल्मले लिए । तर, फिल्म ‘जनै हराएको मान्छे’ले पनि उक्त फिल्मको क्रेडिट पाएको थियो ।

लिड नायकका रुपमा ‘पूर्णबहादुरको सारङ्गीका नायक विजय बरालको दोस्रो फिल्म’का रुपमा ‘जनै हराएको मान्छे’ले प्रचार पाएको थियो । यसमा निर्माण पक्षको भूमिका छैन । विजयका कारण बाहिरबाटै यो फिल्मले ‘पूर्णबहादुरको सारङ्गी’को क्रेडिट पाएको हो ।

तर, यो फिल्मको व्यापार पनि निराशजनक नै रह्यो । यो फिल्मको लाइफटाइम ग्रस कलेक्सन मात्रै एक लाख २३ हजार छ । यो पनि व्यापारिक रुपमा फ्लप नै बनेको फिल्म हो ।

इतिहार कायम गर्न सफल फिल्मको क्रेडिट पाएका वा लिइएका तीनै फिल्म फ्लप हुँदा ‘मेकर वा कलाकार जो भए पनि कन्टेन्टमा दम नभएको फिल्म चल्दैन भन्ने भाष्य’ थप मदबुत भएर स्थापित भएको छ ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ५ : ४७ बजे

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप

संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न ओलीको अपिल

कठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

सिरहामा भदौ २४ कै दृश्य : प्रदर्शनकारीले लगाइदिए एबी मलमा आगो

काठमाडौं- सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट एकजना युवकको मृत्यु भएपछि तनाव

सभापति लामिछानेले थाले कोशी र मधेसका सांसदसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको पछिल्लो समसामयिक