रास्वपाले प्रधानमन्त्रीसँग खोज्यो चुनावी सुरक्षाको ग्यारेन्टी « Khabarhub

रास्वपाले प्रधानमन्त्रीसँग खोज्यो चुनावी सुरक्षाको ग्यारेन्टी


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गतेको निर्वाचनको वातावरण बनाउन सरकारसँग शान्ति सुरक्षाको ग्यारेन्टी खोजेको छ।

आगमी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा गरेको छलफलमा बोल्दै रास्वपा नेता शिशिर खनालले शान्ति सुरक्षाको कुरा उठाएका हुन् ।

उनले रास्वपा सरकारले तोकेकै समयमा निर्वाचन गराउने पक्षमा रहेको पनि बताए । उनले यसअघि नै सभापति रवि लामिछानेले अब संसद् पुनर्स्थापना होइन, निर्वाचनबाटै देशलाई निकास दिनुपर्ने बताइसकेको पनि स्मरण गराए ।

खनालले तर त्यसका लागि शान्ति सुरक्षा चाहिने बताए । ‘चुनावमा शान्ति सुरक्षा चाहिन्छ। नेता पार्टी र उम्मेदवारको सुरक्षाको ग्यारेन्टी हुनुपर्छ’, उनले भने, ‘निर्वाचनका क्रममा मतदाताको सुरक्षा पनि हुनुपर्छ। हामी निर्वाचनमा जान तयार छौँ । तर सरकारले सुरक्षाको प्रत्याभूति दिनु पहिलो शर्त हो ।’

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ४ : १६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली