रास्वपाले प्रधानमन्त्रीसँग खोज्यो चुनावी सुरक्षाको ग्यारेन्टी « Khabarhub

रास्वपाले प्रधानमन्त्रीसँग खोज्यो चुनावी सुरक्षाको ग्यारेन्टी


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गतेको निर्वाचनको वातावरण बनाउन सरकारसँग शान्ति सुरक्षाको ग्यारेन्टी खोजेको छ।

आगमी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा गरेको छलफलमा बोल्दै रास्वपा नेता शिशिर खनालले शान्ति सुरक्षाको कुरा उठाएका हुन् ।

उनले रास्वपा सरकारले तोकेकै समयमा निर्वाचन गराउने पक्षमा रहेको पनि बताए । उनले यसअघि नै सभापति रवि लामिछानेले अब संसद् पुनर्स्थापना होइन, निर्वाचनबाटै देशलाई निकास दिनुपर्ने बताइसकेको पनि स्मरण गराए ।

खनालले तर त्यसका लागि शान्ति सुरक्षा चाहिने बताए । ‘चुनावमा शान्ति सुरक्षा चाहिन्छ। नेता पार्टी र उम्मेदवारको सुरक्षाको ग्यारेन्टी हुनुपर्छ’, उनले भने, ‘निर्वाचनका क्रममा मतदाताको सुरक्षा पनि हुनुपर्छ। हामी निर्वाचनमा जान तयार छौँ । तर सरकारले सुरक्षाको प्रत्याभूति दिनु पहिलो शर्त हो ।’

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ४ : १६ बजे

सल्लाहकारको पछि लाग्दा देउवाको मान-सम्मान गुम्दै : छवि लामा

दोलखा– नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित