काठमाडौंभित्रै एक रातको अन्तरमा दुईजना मिलेर गरे दुई युवकको हत्या « Khabarhub

काठमाडौंभित्रै एक रातको अन्तरमा दुईजना मिलेर गरे दुई युवकको हत्या


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले ललितपुरमा एक रातको बीचमा भएका दुई छुट्टाछुट्टै हत्याका घटनामा संलग्न दुई जना युवकलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार यी दुई घटनामा संलग्न भएर पक्राउ परेका अभियुक्तहरूले अनुसन्धानको क्रममा अपराध स्वीकारेको जनाएको छ।

हत्या भएका व्यक्ति

केशवराज हायु (उर्फ सुनिल), २५ वर्ष, सिन्धुली जिल्ला गोलञ्जोर गाउँपालिका–५ ताप्केडाँडा।

पारुहाङ राई, २१ वर्ष, भोजपुर जिल्ला अरुण गाउँपालिका–३।

पहिलो हत्या यही मंसिर २४ गते साँझ करिब ८ बजे ललितपुरको महालक्ष्मी नगरपालिका–८ ज्यामिरेकोटमा भएको थियो।

केशवराज हायुलाई ह्याम्मरले टाउको र शरीरका अन्य भागमा प्रहार गरी हत्या गरिएको अनुसन्धानबाट खुलेको छ । शव सुरुमा घटनास्थलमै छाडिएको थियो ।

तर भोलिपल्ट मोटरसाइकलमा राखेर ललितपुरको शेराफाँट लुभुस्थित सानो कान्छा श्रेष्ठको तरकारी बारीको इनारमा बोराभित्र पोको पारेर फालिएको थियो। उक्त शव पुस २ गते भेटियो ।

दोस्रो हत्या मंसिर २५ गते राति करिब ९ बजे भएको थियो। पारुहाङ राईको हत्या गरेर भक्तपुरको सूर्यविनायक नगरपालिका–७ देउराली भञ्ज्याङको झाडीमा शव फालिएको थियो। उनको शव सोमबार बिहान १२:४० बजे फेला परेको छ।

पक्राउ परेका अभियुक्तहरूः

१. सिन्धुलीको सुनकोशी गाउँपालिका–४ कोटगाउँ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–७ चाँगाथली बस्ने २१ वर्षीय देवराज ढुंगेल (उर्फ रमेश) ।

उनलाई यही पुस ४ गते जिल्ला प्रहरी परिसर ललितपुरको समन्यवमा अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।

२. सिन्धुलीको सुनकोशी गाउँपालिका–४ कोटगाउँ बस्ने २० वर्षीय जयराम अधिकारी । उनी आइतबार सिन्धुली जिल्ला प्रहरी कार्यालयको समन्वयमा गाउँबाटै पक्राउ परे।

अनुसन्धान थालेको प्रहरीले शव फेला परेको चप्पलजस्ता भौतिक प्रमाणबाट प्रमाण बटुलेको थियो। जसले देवराज ढुंगेलसम्म पुर्या‍एको थियो।

पक्राउ परेका दुवै अभियुक्तले हत्या गरेको बयान दिएका छन्। उनीहरूलाई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान र कारबाहीका लागि ललितपुर जिल्ला प्रहरी परिसर, जावलाखेल पठाइएको छ।

प्रहरीले हत्यालाई क्रूर भएको बताउँदै थप जानकारी भए सार्वजनिक गर्न आग्रह गरेको छ। घटनाको उद्देश्यबारे प्रहरीले आधिकारिक रूपमा केही खुलाएको छैन ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ६ : २१ बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि