दुग्धजन्य उत्पादनमा शुल्क वृद्धि ‘अनुचित’  « Khabarhub

दुग्धजन्य उत्पादनमा शुल्क वृद्धि ‘अनुचित’ 


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स– चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्पादनमा शुल्क वृद्धि गर्ने चीनको कदम कदमलाई इयूले ‘अनुचित’ भनेको छ ।

युरोपेली आयोगका व्यापार क्षेत्र हेर्ने एक प्रवक्ताले भने, ‘हाम्रो मूल्याङ्कनले दुग्धजन्य उत्पादनमा कर वृद्धि गर्न सुझाब दिने अनुसन्धानमा अपर्याप्त प्रमाण र शङ्कास्पद आरोपहरू रहेका छन् र यी उपायहरू अनुचित र अन्यायपूर्ण छन् ।’

उनले भने, ‘अहिले, आयोगले प्रारम्भिक निर्णयको जाँच गरिरहेको छ र चिनियाँ अधिकारीहरूलाई टिप्पणी प्रदान गर्नेछ ।’

चीनले घोषणा गरेको २१.९ प्रतिशतदेखि ४२.७ प्रतिशतसम्म रहेको ‘कर वृद्धि’ मङ्गलबारदेखि लागू हुनेछ ।

बेइजिङस्थित वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चीनले ताजा र प्रशोधित पनीर, दही, नीलो चीज र केही दूध र क्रिमलगायतका वस्तुको आयातमा कर वृद्धि गरेको छ। 

‘डेरी एसोसिएसन अफ चाइना’ बाट अनुरोध प्राप्त भएपछि अधिकारीहरूले सन् २०२४ अगस्टमा छुटविरोधी अनुसन्धान सुरु गरेका छन् भने यो अनुसन्धान सुरू गरेका छन् र यो आगामी फेब्रुअरीमा समाप्त हुनेछ।

चीनको वाणिज्य मन्त्रालयले सोमबार प्रारम्भिक निष्कर्षले इयूले दिने अनुदान र दुग्ध उद्योगमा ठूलो घाटाको अवस्था रहेको देखाएको बताएको छ ।

बेइजिङले पाँच वर्षका लागि ईयूको सुँगुरको मासुको आयातमा ‘एन्टी डम्पिङ’ कर लगाउने बताएको एक हप्तापछि इयू डेरीमा अतिरिक्त शुल्क लगाइएको हो । 

न्यूनतम ४.९ प्रतिशतदेखि १९.८ प्रतिशतको बीचमा लगाइएको शुल्क डिसेम्बर १७ देखि लागू भएका छन् । यद्यपि, सेप्टेम्बरदेखि लागू गरिएको अस्थायी शुल्क १५.६ देखि ६२.४ प्रतिशतभन्दा भन्दा कम रहेको छ। रासस
 

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ७ : ३२ बजे

ट्रम्पलाई झट्का, अस्ट्रेलियाले होर्मुज स्ट्रेटतर्फ युद्धपोत पठाउन मानेन

ब्रिसबेन- अष्ट्रेलियाले होर्मुज जलडमरूमध्यमा आफ्ना युद्धपोत नपठाउने स्पष्ट पारेको छ।

दुबई विमानस्थल क्षेत्रमा आक्रमण, आगलागीपछि बन्द गरियो सबै उडान

दुबई- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आक्रमण भएको

लमजुङमा एक वृद्ध मृतावस्थामा फेला

लमजुङ– लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मस्र्याङ्दी

सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास

भक्तपुर– बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र