अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा « Khabarhub

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी प्रदेश अन्तर विद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिता २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजकले आज धरानमा पत्रकार सम्मेलनमार्फत यही पुस ९ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगिताको सातौँ संस्करण सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

डिआइजिपी कप २०५८ सालदेखि सञ्चालन हुँदै आएको भए पनि छैटौँ संस्करणपछि रोकिएको थियो । सो प्रतियोगिता यस वर्ष पुन आयोजना गरिएको प्रतियोगिता संयोजक प्रहरी निरीक्षक सुरेशकुमार हायूले बताए ।

उनले भने, ‘मित्रताको लागि निष्पक्ष खेल, भन्ने नारासहित विद्यालय तहबाटै खेलकुदको प्रवर्द्धन गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगितालाई पुनः सञ्चालन गर्न लागिएको हो ।’
 
यस वर्ष प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालय टोली सहभागी हुनेछन् । प्रतियोगिताको सम्पूर्ण खेल नेपाल प्रहरी विद्यालय धरानको फुटबल मैदानमा सञ्चालन हुने जनाइएको छ ।

प्रतियोगितामा यु–१७ र यु–१८ उमेर समूहभित्रका, कक्षा १० सम्म अध्ययनरत तथा एन्फाको कुनै पनि लिगमा सहभागी नभएका विद्यार्थी खेलाडी मात्र भाग लिन पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले रु ८१ हजार पाँच, उपविजेताले रु ४१ हजार पाँच नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी, गोलकिपर, मिडफिल्डर, डिफेन्डर, हाई स्कोरर, राइजिङ प्लेयर तथा कोचलाई जनही रु दुई हजार ५००, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

प्रत्येक खेलको म्यान अफ द म्याचले रु एक हजार पाँच, मेडल र प्रमाणपत्र पाउने छन् भने, विजेता खेलाडीलाई कक्षा ११ मा ५० प्रतिशत छात्रवृत्तिसमेत उपलब्ध गराइने संयोजक हायुले जानकारी दिए । 
 

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ७ : ५८ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल