रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता « Khabarhub

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ बीच भेटवार्ता भएको छ। सोमबार कमलपोखरी स्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको घरमा उनीहरू भेटवार्ता भएको हो ।

भेटमा रास्वपा उपसभापति डिपी अर्याल र बालेनका सहयोगी कुमार व्यञ्जनकार पनि सहभागी भएका छन् । भेटवार्तामा चुनावी सहकार्य र एजेन्डा लगायतका विषयमा छलफल भएको छ।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन लगायतको टिमलाई पार्टीमा प्रवेश गराएर बहुमत ल्याउने लक्ष्य सहित अगाडि बढेको देखिन्छ। यसका लागि पार्टीले वैकल्पिक शक्तिहरूसँग निरन्तर संवाद गरिरहेको छ।

‘आजको छलफलमा चुनावी सहकार्य र नयाँ शक्तिहरूबीच कसरी मिलेर अगाडि जाने भन्ने विषयमा छलफल भएको छ’ भेटवार्ताबारे जानकारी गराउँदै स्रोतले भन्याे, ‘करिब २ घण्टा लामो संवाद भएको छ । दुवै पक्षले एकता र सहकार्यको विषयमा सकारात्मक छलफल गरेको हामीलाई सूचना छ।’

रास्वपा सभापति लामिछाने शुक्रबार मात्र नख्खु कारागारबाट धरौटीमा रिहा भएका थिए ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ९ : ०२ बजे

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर