केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस् « Khabarhub

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा र कसैलाई पाखा नगर्न नेतृत्वलाई चेतावनी दिएका छन् । पार्टीको ११औँ महाधिवेशनमा आफ्नो समूहबाट निर्वाचित नेताहरूसँग भएको छलफललाायई लिएर अनेक टिप्पणी गरेको भन्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनको प्यानलबाट उम्मेदवार बनेका गोकर्ण विष्ट, योगेश भट्टराईले अध्यक्षसहितलाई जानकारी नदिई अन्यत्र छलफल गरेको भन्दै केपी ओलीले आपत्ति जनाएपछि आज पोखरेलले प्रष्टिकरण दिएका हुन् ।

त्यस्तै उनले विगतमा पटकपटक पार्टीभित्र बहस र विवादमा नकारात्मक नोक्सनी झेल्दै आएको जानकार नै रहेको भन्दै त्यसले सृजना गरेको त्रासबाट आज पनि त्रसित नै रहेको बताएका छन् ।
यस्तो छ उनको भनाइ

सही कुरा बुझौं !
भ्रममा परेर तरंगित नबनौं !!
हालै नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसकेको छ । त्यहां उठेका छलफलका विषय , नेतृत्वका लागि भएको प्रतिस्पर्धा र त्यसपछि प्रतिस्पर्धी समूहमा रहनु भएका साथीहरूका विचमा भएको सामान्य र विदाइ छलफललाई लिएर अहिले केही साथीहरूले तरंगित बनेर सार्वजनिक गर्नु भएको प्रतिकृयाप्रति ध्यानाकर्षण भएको छ । विगतमा पटक पटक पार्टीभित्रको वहस विवादमा नकारात्मक र नोक्सानदायी परिणाम झेल्दै र भोग्दै आएको पृष्ठभूमिका बारेमा हामी जानकारनै छौं । त्यसले सृजना गरेको त्रासबाट हामी अहिले पनि केही हदसम्म त्रसित छौं र पीडित पनि रह्यौं । तर अहिले विगतको त्यही त्रास वा ‘भूत’ बाट तर्सिरहनु कति उचित हुन्छ ? एउटा कुरा – विगतको दुर्भाग्यपूर्ण अध्यायको पुनरावृत्ति हुने छैन – हुन दिइने छैन । संस्थागत गरिएका ( वा गरिने ) निर्णय र महाधिवेशनबाट निर्वाचित नेतृत्वको विरोधमा कसैबाट पनि कुनै काम हुने छैन । तर हरेक तहका नेता ÷ कार्यकर्ताले आत्म समर्पण होइन, आत्मसम्मान खोज्छन् ; कसैलाई काखा कसैले पाखा नगरियोस् भन्ने आशा र अपेक्षा गरेका हुन्छन् । र, त्यस्तो नहुंदा वा हुन नसक्ता त्यसप्रति असहमती वा विरोध भने हुनेछ भन्ने कुरालाई अस्वाभाविक रूपमा लिनु हुन्न पनि !
हो, यसपटक विभिन्न कारणले सर्वसम्मती भएन,
नेतृत्वका लागि । ( खासमा नेतृत्वबाट सर्वसम्मतीका लागि ठोस पहल नभएको कुरा महाधिवेशनका आम सहभागीहरूले बुझेकै हुनुपर्छ । नेतृत्वमा रहेका खास खासलाई विदा गर्ने पूर्व योजना रहेर त त्यस्तो गरिएको त थिएन – धेरै सहभागीले यो प्रश्न मनमा लिएर आआफ्ना क्षेत्रमा फिरेको हुनुपर्छ । )
समूह÷ समूह बनेपछि र समूहकै हिसावले प्रतिस्पर्धाको प्रकृयामा गएपछि केही नीतिगत अडान, खासगरी पार्टी जीवनको लोकतान्त्रिकरणसित सम्वन्धित विषयमा केन्द्रीत रहेर विषयहरू उठाइएका थिए । ती मुद्दाका रूपमा प्रस्तुत गरिएका थिए , ‘अबधारणा पत्र ‘ का रूपमा सार्वजनिक गरिएका थिए र महाधिवेशनको बन्द सत्रमा समेत प्रस्तुत गरिएकै हुन् ! अर्थात् , लुकाइरहनुपर्ने केही विषय छैनन् वा होइनन् पनि ! जे होस् , अहिले महाधिवेशनले एउटा निष्कर्श दिइसकेको छ ! त्यसलाई पालना गर्नु सबैको कर्तव्य हो। तर नेतृत्वबाट सबैले आत्मसमर्पण होइन , समान र सम्मानजनक व्यवहारको अपेक्षा पनि गरेका हुन्छन् – नेतृत्वले र तरंगित हुने सबैले बुझ्नैपर्छ । त्यस्तो हुन नसक्ता अप्रिय र नोक्सानदायी परिणाम भोग्न हामी सबै अभिशप्त हुने कुराबाट कसरी बच्न सकिएला र !?
रूपान्तपणका लागि निरन्तर वहस÷ छलफल , आधिकारिक र संस्थागत निर्णयहरूको पालना, व्यवहारमा काखा पाखा नहुने कुराको सुनिश्चितता, विभाजनको दुर्भाग्यपूर्ण कुराको दृढतापूर्वक विरोध – अहिलेको आवश्यकता हो । महाधिवेशनमा नेतृत्व चयनमा समूह÷ समूह रहे पनि सम्बद्ध सबैलाई यिनै कुराबाट निर्देशित हुने ÷ निर्देशित गर्नुपर्ने अहिलेको आवश्यकता हो ।
कसैप्रति पनि आग्रहप्रेरित कटाक्ष गरिनु कुनै पनि अर्थमा पार्टी र आन्दोलनलाई लाभ पुर्याउने विषय नभएर नोक्सान मात्र पुर्याउने विषय हुन् । अनावश्यक तरंगित नबनौं ! सबैले बुझौं ! अहिले नेकपा ( एमाले) सम्बद्ध सबै नेता, कार्यकर्ताहरूले यी कुरामा ध्यान पुर्याउनै पर्ला –
– विधि र प्रकृया अनुसार गरिएका÷ भएका संस्थागत
निर्णयहरूको निशर्त पालना !
– पार्टी एकतालाई मजबुत बनाउन सबैबाट त्यसै अनुसारको व्यवहार ! पार्टीलाई विभाजित बनाउने कुराको सख्त बिरोध । संगसंगै , सबै कार्यकर्ताको स्वाभिमान र आत्मसम्मानको पक्षपोषण !
– यिनै कुराका आधारमा पार्टी नेतृत्वको प्रतिरक्षा हुन्छ – सबै षडयन्त्रहरूलाई पराजित गर्न सकिन्छ ! र नेकपा ( एमाले) लाई एउटा निर्णायक राष्ट्रिय शक्ति बनाउन सम्भव हुनेछ ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १० : ४४ बजे

राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मीले राजनीति

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा