चीनमा लगानीको वातावरण बिग्रिँदै « Khabarhub

चीनमा लगानीको वातावरण बिग्रिँदै


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा लगानीको वातावरण बिग्रिँदै गएको पाइएको छ । चिनियाँ अर्थतन्त्रमा लगानी निरन्तर ओरालो लागिरहेको हो ।

नोभेम्बर ३० सम्मको तथ्यांक अनुसार चल सम्पत्तिमा हुने लगानी एक वर्षको अनुपातमा २.६ प्रतिशतले घटेको छ । यसअघि ब्लूमबर्गको सर्वेक्षणमा यो २.३ प्रतिशतले मात्रै घट्ने प्रक्षेपण गरिएको थियो ।

अक्टोबर महिनामा भने यस्तो लगानी १.७ प्रतिशतले घटेको थियो । यस गिरावटले आफ्नो अर्थतन्त्रलाई स्थीरता प्रदान गर्न चिनियाँ नेतृत्वमाथि दबाब पैदा हुने अपेक्षा गरिएको छ ।

विश्वकै दोस्रो ठूलो अर्थतन्त्रको रुपमा रहेको चीनमा विशेषगरी राज्यले प्रदान गर्ने वित्तको लगानी धेरै रहेको छ । खासगरी पूर्वाधार निर्माण तथा घरजग्गा र उच्च गुणस्तरीय उत्पादन क्षेत्रमा यस्तो लगानी धेरै छ ।

गत साता केन्द्रीय आर्थिक कार्यशाला गोष्ठिलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिन्पिङले अर्थतन्त्रलाई स्थीरता प्रदान गर्न र लगानीलाई सुदृढ गर्ने दिशातर्फ काम गर्ने जनाएका थिए । विश्लेषकहरुले राष्ट्रपति सीको यस भनाइलाई लगानीमा आइरहेको गिरावटलाई चिनियाँ नेतृत्वले पहिलो पटक सम्बोधन गरेको रुपमा अथ्र्याएका छन् ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ८ : ४४ बजे

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा 

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम

गण्डकी– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति

गुरुङ समुदायमा ट्होटेँको उल्लास

गण्डकी– गण्डक क्षेत्रका गुरुङ समुदायले आफ्नो पुस्तैनी पर्व ट्होटेँलाई आज

क्षतिग्रस्त बीपी राजमार्ग र रोशी पुगे गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ मंगलबार आफ्नो टोलीसहित काभ्रेको रोशी खोलाको