चीनमा लगानीको वातावरण बिग्रिँदै « Khabarhub

चीनमा लगानीको वातावरण बिग्रिँदै


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा लगानीको वातावरण बिग्रिँदै गएको पाइएको छ । चिनियाँ अर्थतन्त्रमा लगानी निरन्तर ओरालो लागिरहेको हो ।

नोभेम्बर ३० सम्मको तथ्यांक अनुसार चल सम्पत्तिमा हुने लगानी एक वर्षको अनुपातमा २.६ प्रतिशतले घटेको छ । यसअघि ब्लूमबर्गको सर्वेक्षणमा यो २.३ प्रतिशतले मात्रै घट्ने प्रक्षेपण गरिएको थियो ।

अक्टोबर महिनामा भने यस्तो लगानी १.७ प्रतिशतले घटेको थियो । यस गिरावटले आफ्नो अर्थतन्त्रलाई स्थीरता प्रदान गर्न चिनियाँ नेतृत्वमाथि दबाब पैदा हुने अपेक्षा गरिएको छ ।

विश्वकै दोस्रो ठूलो अर्थतन्त्रको रुपमा रहेको चीनमा विशेषगरी राज्यले प्रदान गर्ने वित्तको लगानी धेरै रहेको छ । खासगरी पूर्वाधार निर्माण तथा घरजग्गा र उच्च गुणस्तरीय उत्पादन क्षेत्रमा यस्तो लगानी धेरै छ ।

गत साता केन्द्रीय आर्थिक कार्यशाला गोष्ठिलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिन्पिङले अर्थतन्त्रलाई स्थीरता प्रदान गर्न र लगानीलाई सुदृढ गर्ने दिशातर्फ काम गर्ने जनाएका थिए । विश्लेषकहरुले राष्ट्रपति सीको यस भनाइलाई लगानीमा आइरहेको गिरावटलाई चिनियाँ नेतृत्वले पहिलो पटक सम्बोधन गरेको रुपमा अथ्र्याएका छन् ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ८ : ४४ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन