सातामा ५३ अङ्कले बजार बढ्दा शेयरधनीलाई राहत « Khabarhub

सातामा ५३ अङ्कले बजार बढ्दा शेयरधनीलाई राहत


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माघ महिनाको दोस्रो कारोबार साता अर्थात् माघ ६ गतेदेखि १० गतेसम्म शेयर बजारमा हरियाली छाएको छ । शेयरबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक सातामा ५३.१४ अङ्कले बढेको हो ।

गत साताको बिहीबार २६०१.२१ बिन्दुमा रहेको परिसूचक यो साताको बिहीबारसम्म आइपुग्दा बढेर २६५४.३५ बिन्दुमा पुगेको छ ।

सातामा पूरै पाँच कारोबार दिन शेयर किनबेच हुँदा चार दिन बजार बढ्यो भने साताको अन्तिम दिन घट्यो । सातामा नेप्से ५३ अङ्कले बढ्दा दैनिक औसतमा १०.६२८ अङ्कले बढ्यो ।

कारोबारको हिसाबले पनि यो साता शेयर बजारमा उत्साह देखियो । पाँच दिनमा ३६ अर्ब सात करोड ८७ लाख २६ हजार रुपैयाँको कारोबार हुँदा दैनिक औसतमा ७ अर्ब २१ करोड ५७ लाख ४७ हजार रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

सातामा सात करोड १० लाख ८३ हजार ४७४ कित्ता शेयर कारोबार हुँदा दैनिक औसतमा एक करोड ४२ लाख १६ हजार ६९५ कित्ता कारोबार भयो ।

सातामा तीन लाख ९१ हजार ४८६ पटक शेयर किनबेच हुँदा दैनिक ७८ हजार २९७ पटक शेयर किनबेच भयो ।

कुन दिन कस्तो रह्यो बजार ?

यो साताको सुरुवातमै आइतबार नेप्से १२.५८ अङ्कले बढेर २६०१.२१ बिन्दुमा पुगेको थियो । आइतबार नेप्से ०.४८ प्रतिशतले बढ्दा परिसूचक उच्चतम २६०४ बिन्दु र न्यूनतम २५८० बिन्दुमा पुग्यो ।

आइतबार बजार खुला रहँदासम्म ३२५ वटा कम्पनीको धितोपत्र कारोबारमा आउँदा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार रुपैयाँ बराबरको एक करोड २९ लाख ८२ हजार ६१९ कित्ता शेयर ७२ हजार ५४० पटक किनबेच भयो ।

बजारको हरियाली सोमबार पनि कायमै रह्यो । नेप्से सोमबार ६.७८ अङ्कले बढेर २६०७.९९ बिन्दुमा पुगेको थियो । उक्त दिन नेप्से ०.२६ प्रतिशतले बढ्दा परिसूचक उच्चतम २६२३.६१ बिन्दु र न्यूनतम २६००.७७ बिन्दुसम्म पुगेको थियो ।

सोमबार नेप्से बढ्दा कारोबार पनि सामान्य नै रहेको थियो । सोमबार ६ अर्ब ५७ करोड चार लाख ७७ हजार रुपैयाँ बराबरको शेयर एक करोड १३ लाख ७७ हजार ९८३ कित्ता शेयर ७४ हजार ४०३ पटक किनबेच भयो । उक्त दिन ३११ वटा कम्पनीको शेयर कारोबारमा आएको थियो ।

बजारको उकालो यात्रा साताको तेस्रो दिन पनि कायम थियो । मङ्गलबार नेप्से ५.०८ अङ्कले बढेर २६१३ बिन्दुमा पुगेको थियो । सो दिन नेप्से ०.१९ प्रतिशतले बढ्दा उच्चतम २६१८.९९ बिन्दु र न्यूनतम २५९७.६१ बिन्दुमा पुग्यो ।

बजार निरन्तर बढ्दा पनि मङ्गलबार भने कारोबारमा केही गिरावट आयो । उक्त दिन ३११ वटा कम्पनीको शेयर कारोबारमा आउँदा ६ अर्ब १९ करोड एक लाख ४१ हजार रुपैयाँ बराबरको एक करोड १६ लाख २६ हजार २० कित्ता शेयर ६९ हजार ८४० पटक किनबेच भयो .

बुधबार भने शेयर बजारमा उछाल नै आएकोे थियो । बुधबार एकै दिन नेप्से ५२.३६ अङ्कले नेप्से बढेर २६६५.४५ बिन्दुमा पुग्यो । उक्त दिन नेप्से दुई प्रतिशतले बढ्दा उच्चतम परिसूचक २६६७.२३ बिन्दुमा पुगेको थियो भने न्यूनतम २६१४.३७ बिन्दुमा झरेको थियो ।

बजारमा उछाल आएसँगै बुधबार कारोबार रकम पनि बढ्यो । बुधबार ३२२ वटा कम्पनीको शेयर कारोबारमा आउँदा नौ अर्ब २० करोड ३० लाख ८८ हजार रुपैयाँ बराबरको एक करोड ७६ लाख ९२ हजार ८१९ कित्ता शेयर ९० हजार ६९६ पकट किनबेच भएको थियो ।

साताको अन्तिम बजार भने घटेर बन्द भयो । बिहीबार नेप्से ११.१० अङ्कले घटेर १६५४.३५ बिन्दुमा पुग्यो । बिहीबार नेप्से ०.४१ प्रतिशतले घट्ता उच्चतम परिसूचक २६८१.४९ बिन्दु र न्यूनतम २६४४.७९ बिन्दुसम्म पुग्यो ।

बिहीबार ३१८ वटा कम्पनी कारोबारमा आउँदा सात अर्ब ८५ करोड ७७ लाख ९२ हजार रुपैयाँ बराबरको एक करोड ५१ लाख चार हजार ३३ कित्ता शेयर ८४ हजार सातपटक किनबेच भयो ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ६ : ०० बजे

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ – आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन

मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन

खाडी क्षेत्रमा अलपत्र नेपालीको उद्धारका लागि के गर्दैछ परराष्ट्र मन्त्रालय ?

काठमाडौँ – मध्यपूर्वमा विकसित परिस्थितिमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालयले

निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर