डाइनामोविरुद्ध आर्सनलको शानदार जित : सहज बन्दै दोस्रो चरणको यात्रा « Khabarhub

डाइनामोविरुद्ध आर्सनलको शानदार जित : सहज बन्दै दोस्रो चरणको यात्रा


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डाइनामो जाग्रेवमाथि ३-० को जित निकाल्दै आर्सनल युरोपेली च्याम्पियन्स लिगमा दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना लगभग पक्का भएको छ।

अहिले १६ अङ्कसहित तेस्रो स्थानमा रहेको आर्सनलको प्ले आफ स्थान पक्का भइसकेको छ भने अर्को साता गिरोनासँग भारी गोल अन्तरले पराजित भएमा मात्र सिधै दोस्रो चरण प्रवेश गर्न बाट रोकिने छ। लिभरपुल र बार्सिलोना भने दोस्रो चरणमा प्रवेश गरिसकेका छन्।

घरेलु इमिरेट्स रङ्गशालामा भएको खेलमा दोस्रो मिनेटमा नै डेकलान राइसको गोलमा आर्सनलले अग्रता लिएको थियो। गाब्रियल मार्टिनेलीको क्रसलाई काइ हार्भाटेजले राइसलाई गोलका लागि अवसर मिलाएका थिए।

खेलको ६६ औँ मिनेटमा हार्भाटेजले अर्को गोल गरे। माइकेल आर्टेटाको प्रशिक्षणमा आर्सनलले पाँच सय औँ गोल गरेको हो। मार्टिन ओडेडाडले तेस्रो गोल गरे।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ६ : ५३ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको