च्याम्पियन्स लिगमा म्युनिख तीन शून्यले पराजित « Khabarhub

च्याम्पियन्स लिगमा म्युनिख तीन शून्यले पराजित


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा वायरन म्युनिख ३-० ले पराजित भएको छ। बुधबार राति भएको खेलमा फियुनार्डले म्युनिखलाई ३-० ले हराएको हो।

यो हारसँगै वायरन म्युनिखको सिधै युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरणको प्रवेश कठिन बनेको छ।

गएराति भएको खेलमा स्यान्टियागो गिमिनेजले पहिलो हाफमा नै उत्कृष्ट गोल गर्दै फियुनार्डलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको इन्जुरी समयको नवौँ मिनेटमा गिमिनेजले अर्को गोल गरे। उनले प्राप्त पेनाल्टी अवसरलाई गोलमा परिणत गरेका हुन्।

फियुनार्डलाई खेल जिताउने क्रममा जस्टिन बिजलाउले उत्कृष्ट प्रदर्शन गरे। उनले पहिलो हाफमा हेरी केनको प्रहारलाई सानदार ढङ्गले बचाएका थिए भने दोस्रो हाफमा जमाल मुसियलाको प्रहार बचाए। आयसा युडेसाले फियुनार्डको तेस्रो गोल गरे।

वायरन १२ अङ्कसहित १५ औँ स्थान छ। अर्को साता स्लो भान ब्राटिस्लाभासँग वायरनले प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ७ : ०९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको