सीमा क्षेत्रमा लागुऔषध र सीमा सुरक्षासम्बन्धी कार्यक्रम | Khabarhub Khabarhub

सीमा क्षेत्रमा लागुऔषध र सीमा सुरक्षासम्बन्धी कार्यक्रम


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बल, नेपालले पछिल्लो एक सातामा लागुऔषध, सीमा सुरक्षाका विषयमा तीन सय ६१ वटा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

सशस्त्र प्रहरी दिवसका सन्दर्भमा साताव्यापी कार्यक्रमअन्तर्गत देशभरका सीमा क्षेत्रमा उक्त कार्यक्रम गरिएको हो । ‘नशारहित युवा–हाम्रो देशका कर्णधार, सीमानाको रक्षा–राष्ट्र निर्माणको आधार’ मुख्य नारासहित उक्त कार्यक्रम गरिएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए ।

दिवसका अवसरमा सीमा क्षेत्रमा लागुऔषध प्रयोग तथा ओसारपसार सम्बन्धमा भएको नेपाल र भारतको कानुनी व्यवस्था उल्लेख गरी ‘नशारहित युवा–हाम्रो देशका कर्णधार, सिमानाको रक्षा–राष्ट्र निर्माणको आधार’ लेखिएको दुई सय १३ होर्डिङ बोर्ड राखिएको पनि उनले बताए ।

यस कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरी बल नेपालका इकाइबाट स्थानीय विद्यालयमा विद्यार्थीहरूलाई लागुऔषधसम्बन्धी दुई सय ६२ स्थानमा जनचेतनामूलक प्रशिक्षण गराइएको छ, जसमा १२ हजार तीन सय ६८ जना सहभागी भएका छन् ।

लागुऔषध  दुर्व्यसनी सम्बन्धी २१ स्थानमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ, विद्यालय तथा स्थानीय क्लबहरूमा गई ‘लागुऔषध, सीमा सुरक्षा र युवा’ मा केन्द्रित भई १५ स्थानमा निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौँले जानकारी दिएको छ ।

यसैगरी, सीमा इलाकाका भारतीय समकक्षीसँग लागुऔषध नियन्त्रण सम्बन्धमा ५१ वटा समन्वयात्मक बैठक गरिएको छ । सशस्त्र प्रहरी बल नेपालका इकाइहरुले जिम्मेवारी क्षेत्रमा भएका लागुऔषध प्रयोग, दुर्व्यसनी तथा नियन्त्रण सम्बन्धमा भएका क्रियाकलापहरूको अभिलेख राख्ने कार्य थालिएको बताइएको छ ।

यसैगरी, शीघ्र प्रभाव आयोजनाअन्तर्गत समुदाय विकास तथा क्षमता अभिवृद्धि, स्वास्थ्य, कल्याणकारी, पर्यावरण संरक्षण तथा हरियाली अभियान तथा महिला सशक्तीकरण गरी सशस्त्र प्रहरी बल नेपालले देशभर चार सय ७३ कार्यक्रम सञ्चालनबारे जानकारी गराएको छ । समुदाय विकास तथा क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत एक सय २९ जनचेतनामूलक कार्यक्रम गर्नाका साथै निर्माणअन्तर्गत १३ स्थानमा चौतारा, १३ प्रतीक्षालय, सात सार्वजनिक शौचालय र १८ खानोपानीको धारा निर्माण गरिएको छ ।

यसैगरी, स्वास्थ्य अन्तर्गत १० स्थानमा स्वास्थ्य शिविर र ३० स्थानमा रक्तदान कार्यक्रम, पर्यावरण संरक्षण तथा हरियाली अभियानअन्तर्गत एक सय ९८ स्थानमा सरसफाइ र ३४ स्थानमा वृक्षरोपण तथा महिला सशक्तीकरण अभियानअन्तर्गत ११ वटा आत्मरक्षा तालिम  दिइएको प्रवक्ता न्यौपानेले बताए ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ७ : ०५ बजे

प्रचण्डको दाबी- ओलीका कारण देशको अवस्था सजिलो छैन

सुर्खेत- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराइने

काठमाडौं– रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी

काभ्रेको महाभारत जंगलमा लागेको आगलागी आएन नियन्त्रणमा 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगलागी अझै

चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा कमजोर, ३१ प्रतिशत मात्रै उत्तीर्ण 

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको ७१ औँ नाम दर्ता (लाइसेन्स) परीक्षाको

पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन

वीरगञ्ज– चालु आर्थिक वर्षको छ महिनामा वीरगञ्जबाट ८७ अर्ब ३२