भीम रावललाई सघाउने नेता-कार्यकर्तामाथि एमालेले चलाउन थाल्यो कारबाहीको डन्डा « Khabarhub

भीम रावललाई सघाउने नेता-कार्यकर्तामाथि एमालेले चलाउन थाल्यो कारबाहीको डन्डा


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

अछाम- गत पुस ११ गतेको सचिवालय बैठकबाट निष्कासित पूर्वउपाध्यक्ष डा. भीम रावललाई साथ दिने नेता-कार्यकर्तामाथि नेकपा एमालेले कारबाहीको डन्डा चलाउन थालेको छ।

रावलको गृहजिल्ला अछाममा पार्टी हितविपरीत काम गरेको आरोपमा जिल्ला कमिटीका ६ जना नेताहरूलाई एमालेले कारबाही गरेको छ ।

रावलले थालेको ‘मातृभूमि जागरण अभियान’को पक्षमा लागेर पार्टी हितविपरीत काम गरेको भन्दै जिल्ला कमिटीले उनीहरूलाई कारबाही गरेको हो ।

जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीमबहादुर रावलले बुधबार विज्ञप्ति निकालेर पार्टीको विधानविपरीतका गतिविधिमा संलग्न भएकाले उनीहरूलाई कारबाही गरिएको स्पष्ट पारेका छन् ।

कारबाहीमा पर्नेमा जिल्ला कमिटी सचिवालय सदस्य एवम् संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागरसिंह बाब्ली, जिल्ला कमिटी सदस्य बलबहादुर कुँवर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवर छन् ।

उनीहरूलाई पार्टीको जिम्मेवारीबाट हटाइएको एमालेले जनाएको छ । ‘मातृभूमि जागरण अभियान नेपाल’ नामक जुलुसमा समावेश भई पार्टी र सम्माननीय प्रधानमन्त्री एवम् पार्टी केन्द्रीय कमिटीका अध्यक्षविरुद्ध अलोकतान्त्रिक र अशोभनीय नाराबाजी गरिएको तथा पार्टीविरुद्धको जुलुसमा सक्रिय भूमिका खेलेको देखिन्छ,’ एमालेले भनेको छ।

यसअघि पनि उनीहरू पार्टी हितविरुद्धको गतिविधिमा लागेको आरोप एमालेको जिल्ला नेतृत्वले लगाएको छ।

त्यसबेला पार्टीप्रति पूर्ण प्रतिबद्ध रहने लिखित आत्मालोचनासहितको स्पष्टीकरण पेस गरेकाले एकटकलाई कारबाही अगाडि नबढाउने निर्णय भएको थियो ।

तर अहिले रावललाई सघाएर पुरानै गतिविधि दोहोर्‍याएकोले कारबाही गरिएको एमालेले जनाएको छ।

यसअघि अछामबाट एमालेका करिब ११ सय जना नेता-कार्यकर्ताले रावललाई साथ दिने लिखित घोषणा गरिसकेका छन् । रावलले नयाँ अभियान थालेपछि अछामसहित सुदूरपश्चिमा एमालेले ठूलै धक्का व्यहोर्ने विश्लेषण भइरहेको छ ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  १ : १९ बजे

प्रश्नपत्र ‘लिक’ प्रकरणमा पक्राउ परे कैलालीका सन्दीप सिंह

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा

गोरखाको नारीघाटमा महिलाको शव फेला

गोरखा । गोरखा नगरपालिका–१४ स्थित नारीघाटमा एक महिलाको बेवारिसे शव

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित

पर्सा – चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा यहाँस्थित नारायणी अस्पतालको

एमबीएस परीक्षाको प्रश्नपत्र व्हाट्सएपमा सार्वजनिक गर्ने एक जना पक्राउ

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम

भारतीय जेलमा रहेका नेपाली किसानको रिहाइका लागि पहल गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले भारतको जेलमा रहेका दुई नेपाली किसानको