भियतनाममा अवैध डलर कारोबार गर्ने एक गिरोह कारबाहीमा « Khabarhub

भियतनाममा अवैध डलर कारोबार गर्ने एक गिरोह कारबाहीमा


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भियतनाम प्रहरीले बाह्य देशबाट एक अर्ब २० करोड डलर बराबरको अवैध रकम मुलुकमा ल्याउने पाँच व्यक्तिलाई पक्राउ गरी कारबाही गरेको छ । 

सन् २०२२ देखि २०२४ सम्म बैंक कर्मचारीसहितको गिरोहले परिचयपत्र र बैंक छाप जालसाजी गरी १८७ व्यवसाय स्थापना गरी छ सयभन्दा बढी कर्पोरेट बैंक खाता खोलेका थिए ।

यी खाताहरू विदेशमा धोखाधडी वा जुवाको माध्यमबाट प्राप्त गरिएको पैसा स्थानान्तरण र वैधानिक बनाउन प्रयोग गरिएको थियो । प्रहरीका अनुसार उनीहरूको कूल लेनदेन करिब एक अर्ब २० करोड डलर (३० हजार अर्ब डोङ) थियो ।

एक बैंक कर्मचारीसहित पक्राउ गरिएका व्यक्तिहरू डानाङमा थिए । प्रहरीले यो मध्य तटीय सहरमा सार्वजनिक भएको सबैभन्दा ठूलो अवेध सम्पत्ति कारोबार सम्बन्धी मुद्दा भएको बताएको छ । प्रहरीले गिरोहबाट १२२ वटा नक्कली छाप र ४० वटा व्यापार दर्ता प्रमाणपत्रका मूल प्रतिलिपिहरू जफत गरेको छ ।

अक्टोबरमा भियतनामी व्यापारी ट्रुओङ माई लानलाई मनी लन्ड्रिङको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको थियो । यद्यपि उनले फैसला पुनरावलोकनका लागि पुनरावेदन गरेका छन् ।

प्रोपर्टी डेभलपर उनलाई पहिले नै छुट्टै मुद्दामा २७ अर्ब डलरको ठगीका लागि मृत्युदण्ड दिइएको थियो ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  २ : ०४ बजे

नयाँ सरकार गठन : सम्भावित मन्त्रीहरूबारे रास्वपाका शीर्ष नेताले थाले छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मन्त्रिपरिषद्को सदस्यहरूबारे छलफल सुरु गरेको

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौं – काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २०

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्