महिला प्रदेशसभा सदस्यको गुनासो : महिला भएकै कारण विभेद « Khabarhub

महिला प्रदेशसभा सदस्यको गुनासो : महिला भएकै कारण विभेद


१० माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेस प्रदेशसभाका महिला प्रदेशसभा सदस्यहरूले महिला भएकै कारण विभेद हुने गरेको गुनासो गरेका छन् ।

लैङ्गिक संवेदनशील संसदीय रिपोर्टिङ्गसम्बन्धी तीन दिवसीय कार्यशालाको समापन कार्यक्रममा बोल्दै आज महिला प्रदेशसभा सदस्यहरूले सदन बाहिर तथा सदनभित्र दुवै स्थानमा आफूहरूमाथि विभेद हुने गरेको दुखेसो गरेका हुन् ।

मधेस प्रदेशसभाका उपसभामुख बबिता राउत इसरले भने , ‘महिलाले राजनीतिमा अवसर पाउन सजिलो छैन । म लामो सङ्घर्ष पश्चात नै राजनीतिमा अवसर पाएको हुँ ।’

उनले महिलाहरूको राजनीतिमा सङ्ख्यात्मक उपस्थिति बढेपनि त्यसलाई गुणात्मक उपस्थितिमा बदल्न सञ्चार जगतको साथ र सहयोग आवश्यक रहेको बताए।

सो कार्यक्रममा प्रदेशसभा सदस्य किरण साहले प्रदेशसभा सदस्य शाहिदा खातुनमाथी भएको आक्रमणको विषयमा मिलेर आवाज उठाउनुपर्ने बताए ।

प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसका सचेतक जिवछी यादवले महिला प्रदेशसभा सदस्यलाई बजेट विनियोजन तथा निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने र महिला राजनीतिकर्मीले उठाएका समस्यालाई गम्भीरतापूर्वक लिन आग्रह गरे। उनले महिला प्रदेशसभा सदस्यले सरकारलाई दिने सुझावको कुनै सुनुवाइ नहुने गरेको आरोप समेत लगाए । 

त्यसैगरी अर्का प्रदेशसभा सदस्य अनिताकुमारी साहले महिला प्रदेशसभा सदस्यको आवाज सरकारले नसुन्ने गरेको गुनासो गरे ।

 कार्यक्रममा प्रदेशसभा सदस्य शाहिदा खातुनले आफूमाथि भएको आक्रमणको विषयमा जानकारी गराउँदै सरकारले न्यायका लागि कुनै पहल नगरेको बताए।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ३ : ०१ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले