काठमाडौँको वायु प्रदूषण उच्च तहमा  « Khabarhub

काठमाडौँको वायु प्रदूषण उच्च तहमा 


१० माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च तहमा पुगेको छ । 

आज बिहान ११ः३० बजे उपत्यकाका तीन स्थानको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ ९एक्यूआई० १५० भन्दा माथि पुगेको वातावरण विभागले जनाएको छ ।

शखपार्क क्षेत्रमा एक्यूआई १८३ पुगेको छ। त्यहाँको पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर ११२.८ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको भनाइ छ। काठमाडौँको रत्नपर्क र ललितपुरको खुमलटारमा वायु प्रदूषणको तह क्रमशः १७१ र १५७ एक्यूआई छ।

काठमाडौंमा आज साँझ ६ बजेसम्मै वायु प्रदूषण बढ्ने विभागको पूर्वानुमान छ । साँझ ८ बजे काठमाडौंमा पीएम २.५ को औसत मात्रा ८४.२८३ पुग्न सक्ने पूर्वानुमान गरिएको छ । 

काठमाडौंमा मात्र नभएर आज धनकुटाको वायु पनि अस्वस्थकर छ । त्यहाँ एक्यूआई १५३ र पीएम २.५ को मात्रा ६४.६ पुगेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्ड अनुसार वायुको गुणस्तर मापदण्ड अनुसार एक्यूआई १५० भन्दा माथि रहेको वायु अस्वस्थकर मानिन्छ ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ४ : २९ बजे

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको