दक्षिणी म्यानमामा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु « Khabarhub

दक्षिणी म्यानमामा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिणी म्यानमाको मोन राज्यमा बुधबार भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका स्थानीय उद्धार संस्थाका एक अधिकारीले बताए ।

यान गी आङ रिजर्भ फायर सर्भिस एण्ड रेस्क्यू अर्गनाइजेसनका एक अधिकारीले मोन राज्यको ये टाउनसिपमा रहेकोमा हल्वे पहाड चढ्ने क्रममा गाडी दुर्घटना भएको बताए ।

दुर्घटनाको खबर दिउँसो करिब २ बजे प्राप्त भएको अधिकारीले जानकारी दिए । दुर्घटना हुँदा गाडीमा ११ जना सवार थिए । मृत्यु हुनेमा दुई पुरुष र तीन महिला छन् भने घाइते हुनेमा तीन पुरुष र दुई महिला रहेको उद्धार संस्थाले जनाएको छ ।

घाइतेहरूलाई ये टाउनशिप पिपुल्स अस्पताल पठाइएको थियो, जसमा दुईको अवस्था गम्भीर छ ।  

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ६ : ३३ बजे

नयाँ सरकार गठन : सम्भावित मन्त्रीहरूबारे रास्वपाका शीर्ष नेताले थाले छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मन्त्रिपरिषद्को सदस्यहरूबारे छलफल सुरु गरेको

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौं – काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २०

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्