नागढुंगाबाट ब्राउनसुगरसहित तीन जना पक्राउ « Khabarhub

नागढुंगाबाट ब्राउनसुगरसहित तीन जना पक्राउ


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो दुरीको यात्रुवाहक बस चढेर आएका भारतीय नागरिक लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । ती भारतीयबाट लागूऔषध जिम्मा लिन पुगेका दुई नेपालीसमेत पक्राउ परेका छन्।  

पक्राउ पर्नेमा भारत उत्तर दिनेशपुरका ३७ वर्षीय गोविन्द बाला, काठमाडौं चन्द्रागिरि नगरपालिका-११ का २६ वर्षीय रमन महर्जन र धादिङ थाक्रे गाउँपालिका-११ का ३८ वर्षीय विनोद तामाङ रहेका छन्।

उनीहरूलाई प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगाको टोलीले बिहीबार चन्द्रागिरि नगरपालिका(२ नागढुंगाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

परिसरकी सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पूर्णिमा कुमारी चन्दका अनुसार उनीहरूको साथबाट १५० ग्राम ब्राउनसुगर बरामद गरिएको छ।

चन्दका अनुसार बाला काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्र.१-०१-००६ख ४७९६ नम्बरको बसमा सवार थिए। बसको ए साइडको १३ नम्बर सिटमा बसेर आएका बालालाई प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो।

चेकजाँच गर्दा ब्राउनसुगर फेला परेपछि प्रहरीले सोधपुछ गर्दा बालाले महर्जन र तामाङलाई दिन ल्याएको बताएका थिए। ती दुई जनालाई बा५१प ७५५८ नम्बरको मोटरसाइकलमा लागूऔषध जिम्मा लिन बसेको अवस्थामा फेला पारिएको चन्दले बताइन्।

पक्राउ परेकाहरूलाई वृत्त थानकोटमा राखेर अनुसन्धान थालिएको छ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ६ : ४८ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न