इतिहासको पठनपाठन कम हुँदा राष्ट्रिय स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति | Khabarhub Khabarhub

इतिहासको पठनपाठन कम हुँदा राष्ट्रिय स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले इतिहासको पठनपाठन कम हुँदै जाँदा शिक्षित नागरिकमा नेपालको गौरवपूर्ण इतिहास, संस्कृति, परम्परा तथा मूल्यमान्यताबारे यथेष्ट जानकारी हुन छाडेको बताएका छन् ।

नेपाली सेनाद्वारा जङ्गीअड्डामा आयोजित अवकाश प्राप्त रथीवृन्दसँगको अन्तरक्रिया समापनका अवसरमा उनले इतिहासको अध्ययन र अध्यापन नभए कालान्तरमा राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानमा नै असर पर्दै जानेमा चिन्ता व्यक्त गरे ।

महारथी सिग्देलले इतिहासको महत्व जगाउन सेनामा सञ्चालन हुने सबै तालिममा इतिहासको अध्ययन अध्यापन सुरु गर्न लागिएको जानकारी दिए । नेपाली सेनाले ‘गौरवशाली नेपाल’ नामक पुस्तकसमेत तयार पाएको सो अवसरमा जानकारी दिइयो ।

प्रधानसेनापति सिग्देलले कल्याणकारी योजनाअन्तर्गत आयमूलक सँगसँगै राष्ट्र र नागरिकको जीवनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान दिने खालको कार्यक्रम लागू गर्नसमेत अध्ययन भइरहेको बताए ।

बलाध्यक्ष रथी प्रदीपजङ्ग केसीले अग्रजको अनुभव र विज्ञताका आधारमा सेनाले राष्ट्रिय सुरक्षा र राष्ट्रियहित तथा कल्याणकारी योजना तय गर्ने योजना रहेको बताए । अवकाश प्राप्त ज्येष्ठ रथी कृष्णनारायणसिंह थापाले सेनाको योग्य र विज्ञ समूहले हालको विश्वसुरक्षा वातावरणमा नेपालको सुरक्षा अवस्थालाई मजबुत बनाउन राष्ट्रिय सुरक्षा परिषद्लाई सल्लाह सुझाव दिइ सक्षम बनाउनुपर्ने धारणा राखे ।

उनले भूतपूर्व सैनिकलाई कृषिलगायत उत्पादनमूलक कार्यमा लाग्न प्रेरित गरी देशलाई आत्मनिर्भर बनाउनेतर्फ योगदान दिनुपर्नेमा जोड दिए । अन्तरक्रियामा सहभागी रथीवृन्दले नेपाली सेना र सरकारले राष्ट्रिय सुरक्षा र राष्ट्रियहितको जगेर्नाका विषयमा अनुभव र अध्ययनबाट खारिएका विज्ञ व्यक्तिको राय सुझावका आधारमा कार्य गर्नुपर्नेमा जोड दिए ।

नेपाली सेनामा रथी र उपरथीबाट अवकाशप्राप्त करिब एक सय जना दिग्गजको सहभागिता रहेको कार्यक्रममा उनीहरुले नेपालको सरकारी सेवामा सबैभन्दा लामो सेवा र विदेशबाट उच्चस्तरको तालिम र ज्ञानप्राप्त पेशेवर जनशक्तिलाई राष्ट्रले उपयोग गर्नुपर्ने सुझाव दिए।

राष्ट्रिय सुरक्षा परिषद्, राष्ट्रिय विपद् प्राधिकरण तथा कूटनीतिकलगायत राष्ट्र निर्माणका विविध क्षेत्रमा अवकाश प्राप्त रथीवृन्दले हासिल गरेको लामो अनुभव एवं विज्ञतालाई उपयोग गर्नेतर्फ पहल हुनसकेमा राष्ट्रलाई लाभ पुग्ने उनीहरूको भनाइ रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सहभागी रथीवृन्दले कल्याणकारी कोषको दिगोपनाका लागि राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा योगदान पुग्नेगरी लगानीको क्षेत्र विविधिकरण गर्नुपर्नेमा अवकाश प्राप्त रथीवृन्दले जोड दिए ।

राष्ट्रिय सुरक्षा, राष्ट्रिय हित, कल्याणकारी कोषको दिगोपना तथा सैनिक कल्याणकारी कोषमार्फत प्रदान गरिने सेवा सुविधालाई थप परिष्कृत, मितव्ययी र परिणाममुखी बनाउन उनीहरुसँग सुझाव प्राप्त गर्न कार्यक्रम गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ८ : २५ बजे

भारतको एक औषधि कारखानामा विस्फोट, ३६ जनाको मृत्यु

हैदराबाद– भारतको दक्षिणी राज्य तेलङ्गानाको एक औषधि कारखानामा सोमबार भएको

झोलुङ्गे पुलले छोटियो यात्रा, स्थानीय भन्छन्- वारिपारि र अर्मपर्म गर्न सजिलो

गुल्मी– वर्षौंदेखि खोलामा पुल नहुँदा स्थानीयले पाँच मिनेटको दूरीमा पुग्न

निजामती विधेयकमा ‘कुलिङ पिरियड’ हटाउने बदमासी स्वीकार्य छैन : राजेन्द्र पाण्डे

काठमाडौं- संघीय निजामती सेवा विधेयकबाट ‘कुलिङ पिरियड’ हटाउन गरिएको कार्यप्रति

माओवादी केन्द्रले पनि माग्यो रामहरि खतिवडाको राजीनामा

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले राज्य व्यवस्था तथा

मुस्ताङमा अठार करोडको लागतमा तटबन्ध निर्माण

मुस्ताङ– कालीगण्डकी नदी सतहको उकासले हिमाली जिल्ला मुस्ताङको एक दर्जन तटीय