खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ « Khabarhub

खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन ल्याउने र सो लिन आएका युवालाई चन्द्रागिरिबाट पक्राउ गरेको छ ।

काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको प्र १०१००६ ख ४७९६ नम्बरको बसमा सवार ३७ वर्षीय भारतीय नागरिक गोविन्द बालाको साथबाट आज जाँचका क्रममा एक सय ५० ग्राम खैरो हेरोइन बरामद गरेको थियो ।

सोधपुछका क्रममा बालाले उक्त लागुऔषध रमन महर्जन र विनोद तामाङले ल्याउन लगाएको भनि बयान दिएपछि प्रहरीले खोजतलास गर्ने क्रममा उनीहरुलाई बा ५१ प ७५५८ मोटरसाइकलसहित लागुऔषध लिन बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पूर्णिमाकुमारी चन्दले जानकारी दिए ।

पक्राउ परेका २६ वर्षीय महर्जन चन्द्रागिरि नगरपालिका र ३८ वर्षीय तामाङ धादिङको थाक्रे गाउँपालिकाका स्थायी भएको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्युरो नागढुङ्गाको संयुक्त टोलीले पक्राउ गरेको हो ।

चोरीका कपडासहित चार पक्राउ

काठमाडौँ महानगरपालिका–३० डिल्लीबजारस्थित सौरभ लोहियाले सञ्चालन गरेको आनन्द गार्मेन्टबाट चोरी भएका कपडासहित चार जना पक्राउ परेका छन् ।

प्रहरीले सोही गार्मेन्टमा काम गर्ने २८ वर्षीय निरज मोदी, ४६ वर्षीय सुरेश सहनी, ३३ वर्षीय पदमलाल श्रेष्ठ र ५३ वर्षीय भारतीय नागरिक शेख अबदुल रहमनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  १० : १५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने