भारतको नयाँ दिल्लीमा ११औँ अटो ट्रेड डायलग सम्पन्न « Khabarhub

भारतको नयाँ दिल्लीमा ११औँ अटो ट्रेड डायलग सम्पन्न


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको राजधानी नयाँ दिल्लीमा सोमबार ११औँ अटो ट्रेड डायलग सम्पन्न भएको छ । सोसाइटी अफ इण्डियन अटोमोवाइल म्यानुफ्याचर्स (यसआईएयम)का अध्यक्ष राहुल भारतीको प्रमुख आतिथ्यतामा ट्रेड डायलग सम्पन्न भएको हो ।

सो कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले स्थानीयकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभाव सम्बन्धी प्यानल छलफलमा पेनेलिष्टका रूपमा ओभरभ्यु अफ नेपाल अटो पोलिसिजका सम्बन्धमा आफ्नो धारणा राख्दै नेपालको अटोमोवाइल क्षेत्रले राष्ट्रिय अर्थतन्त्र र रोजगारीमा दिएको योगदानबारे संक्षिप्त जानकारी दिए ।

सोही क्रममा अध्यक्ष चौधरीले नेपालको सडक सुरक्षाका सम्बन्धमा भइरहेको प्रयासबारे पनि बताउँदै नेपाल, सवारी साधनहरूको आयातकर्ताबाट एसेम्बली प्लाण्टमार्फत उद्योगतर्फ अग्रसर हुँदै गएको जानकारी दिए ।

पेनेलिष्टको रूपमा बोल्दै अध्यक्ष चौधरीले नेपालमा आइसी गाडीहरूको आयात घट्दै गएको भए पनि नेपालको सरकारले ग्रीन इनर्जीलाई उच्च प्राथमिकतामा राखेको फलस्वरूप नेपालमा विद्युतीय सवारी साधनहरूको आयात हरेक बर्ष बढ्दै गएको र सोही अनुरुप चार्जिङ्ग स्टेशनहरू पनि क्रमशः थपिदै गएको बताए ।

सोही क्रममा अध्यक्ष चौधरीले नेपाल अहिले विद्युतीय सवारी साधनहरूको हव बन्दै गएको समेत बताए ।

उक्त ट्रेड डायलग कार्यक्रमलाई दक्षिण अफ्रिकाका डेपुटी हाई कमिश्नर सेड्रिक सि क्रोवेली, जर्मनीका फेडरल मिनिष्ट्रीका डिजिटल एण्ड ट्रान्सपोर्ट महानिर्देशक डा। सेभेन हलड्रोन, भारतका लागि ब्राजिली राजदूत एच।इ।केन्नेथ एफ।एच दा नोबे्रगा, मिनिष्ट्रि अफ हेवी इण्डष्ट्रिजका अतिरिक्त सचिव डा। हानिफ कुरेशी, मिनिष्ट्रि अफ कमर्श एण्ड इण्डष्ट्रिका अतिरिक्त सचिव एल सत्या श्रीनिवासले समेत सम्बोधन गरेका थिए ।

उक्त डायलग कार्यक्रम तीन चरणमा सम्पन्न गरिएको थियो । पहिलो चरणमा व्यापार सझौतामामा एकीकृत लगानी, दोश्रो चरणमा स्थानियकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभाव र तेश्रो चरणमा विकसित विश्वव्यापी व्यापारको परिदृष्यमा लचिलोपना विकास गर्ने शीर्षकअन्तर्गत भएको छलफलमा विश्व व्यापार संगठनका प्रतिनिधि लगायत विभिन्न देशबाट आएका प्रतिनिधिहरूले पेनेलिष्टका रुपमा आ–आफनो धारणा राखेका थिए ।

यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना भईरहेको भारत मोविलिटीअन्तर्गत भइरहेको अटो प्रदर्शनीको सन्दर्भमा नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ ।

सो कार्यक्रममा नाडाकातर्फबाट संस्थागत उपाध्यक्ष तेजनारायण साह, महासचिव सुरेन्द्रकुमार उप्रेती केन्द्रीय कार्य समितिको सदस्य कपिल शिवाकोटी र प्रदीपमान प्रधानसमेतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ११ : ४५ बजे

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै