हमासले सबै बन्दी रिहाइको ग्यारेन्टी नगरेसम्म कसैलाई नछाड्ने नेतान्याहुको भनाइ « Khabarhub

हमासले सबै बन्दी रिहाइको ग्यारेन्टी नगरेसम्म कसैलाई नछाड्ने नेतान्याहुको भनाइ


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनी जेलबाट थप बन्दी छाड्न आनाकानी गरेका छन्।

हमासले शनिबार ७ अक्टोबर २०२३ मा बन्दी बनाइएका चार तथा त्यसअघि बन्दी बनाएका दुई जनालाई छाडेको हो।

आफ्ना बन्दी छुटेपछि नेतान्याहुले अन्य बन्दीको रिहाइ ग्यारेन्टी नभएसम्म कसैलाई पनि नछाड्ने बताएका हुन्। उनले हमासले बारम्बार युद्ध विराम उल्लङ्घन गरेको आरोप समेत लगाए।

अर्को शनिबार हमास र इजरायलको पहिलो चरणको युद्ध विरामको समय सकिने छ। यस बिचमा शनिबार हमासले पहिलो चरण अन्तरगतको अन्तिम पटक जीवित बन्दी हस्तान्तरण गरेको हो।

JPG converted with https://ezgif.com/webp-to-jpg

अर्को साता चार जनाको शव हमासले इजरायललाई हस्तान्तरण गर्ने अनुमान गरिएको छ। ७ अक्टोबर २०२३ मा बन्दी बनाइएका मध्य ६२ जना अझै रिहा हुन बाँकी छन्। यस मध्यका करिब आधाको ज्यान गइसकेको अनुमान छ। दोस्रो चरणको रिहाइको कार्यक्रम १ मार्चबाट सुरु हुने अनुमान गरिएको छ।

शनिबार उनीहरूको रिहाइ पछि तेल अभिभका सहरमा खुसीयाली मनाइएको थियो। रेडक्रसको रोहबरमा रिहाइ भएका ६ जनालाई लिन उनीहरूको परिवार पुगेका थिए।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ७ : २४ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा