हमासले सबै बन्दी रिहाइको ग्यारेन्टी नगरेसम्म कसैलाई नछाड्ने नेतान्याहुको भनाइ « Khabarhub

हमासले सबै बन्दी रिहाइको ग्यारेन्टी नगरेसम्म कसैलाई नछाड्ने नेतान्याहुको भनाइ


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनी जेलबाट थप बन्दी छाड्न आनाकानी गरेका छन्।

हमासले शनिबार ७ अक्टोबर २०२३ मा बन्दी बनाइएका चार तथा त्यसअघि बन्दी बनाएका दुई जनालाई छाडेको हो।

आफ्ना बन्दी छुटेपछि नेतान्याहुले अन्य बन्दीको रिहाइ ग्यारेन्टी नभएसम्म कसैलाई पनि नछाड्ने बताएका हुन्। उनले हमासले बारम्बार युद्ध विराम उल्लङ्घन गरेको आरोप समेत लगाए।

अर्को शनिबार हमास र इजरायलको पहिलो चरणको युद्ध विरामको समय सकिने छ। यस बिचमा शनिबार हमासले पहिलो चरण अन्तरगतको अन्तिम पटक जीवित बन्दी हस्तान्तरण गरेको हो।

JPG converted with https://ezgif.com/webp-to-jpg

अर्को साता चार जनाको शव हमासले इजरायललाई हस्तान्तरण गर्ने अनुमान गरिएको छ। ७ अक्टोबर २०२३ मा बन्दी बनाइएका मध्य ६२ जना अझै रिहा हुन बाँकी छन्। यस मध्यका करिब आधाको ज्यान गइसकेको अनुमान छ। दोस्रो चरणको रिहाइको कार्यक्रम १ मार्चबाट सुरु हुने अनुमान गरिएको छ।

शनिबार उनीहरूको रिहाइ पछि तेल अभिभका सहरमा खुसीयाली मनाइएको थियो। रेडक्रसको रोहबरमा रिहाइ भएका ६ जनालाई लिन उनीहरूको परिवार पुगेका थिए।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ७ : २४ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ