च्याम्पियन्स ट्रफी : आज भारत र पाकिस्तान भिड्दै « Khabarhub

च्याम्पियन्स ट्रफी : आज भारत र पाकिस्तान भिड्दै


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स ट्रफीमा आज विश्व क्रिकेटका चर्चित दुई टिम भारत र पाकिस्तान भिड्दैछन्। भारत र पाकिस्तानको राजनीतिक द्वन्द्व जस्तै क्रिकेट प्रतिस्पर्धालाई रोचक ढंगले हेर्ने गरिन्छ।

च्याम्पियन ट्रफीको आयोजकसमेत रहेको पकिस्तानले भारतसँग युएईस्थित दुबई मैदानमा प्रतिस्पर्धा गर्नेछ। आयोजक पाकिस्तान भए पनि भारत क्रिकेट खेल्न पाकिस्तान नजाने भएपछि केही खेल युएईमा हुँदैछन्। भारत र पाकिस्तानको खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

समूह ‘ए’मा रहेको भारतले पहिलो खेलमा बंगलादेशलाई पराजित गर्दै दुई अंक जोडिसकेको छ। पहिलो खेलमा भारतले बंगलादेशलाई ६ विकेटले पराजित गरेको हो। सुरुमा ब्याटिङ गरेको बंगलादेशले दिएको २२९ रनको लक्ष्य भारतले शुभमन गिलको शतकको मद्दतमा २१ बल बाँकी हुँदै २३१ रन बनाएर भेट्टाएको थियो।

यता पाकिस्तानले भने पराजयबाट ट्रफीको सुरुवात गरेको छ। उद्घाटन खेलमा पाकिस्तान न्युजिल्यान्डसँग ६० रनले पराजित भएको हो। सुरुमा ब्याटिङ गरेको न्युजिल्यान्डले दिएको ३२० रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.२ ओभरमा सबै विकेट गुमाएर २६० रनमा समेटिएको थियो।

प्रतियोगिताको आयोजक पाकिस्तानमाथि भारतलाई जित्नै पर्ने दबाब छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ८ : ४४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना