फेरि सुरू भयो तुलसी घिमिरे निर्देशित ‘पहाड’ को छायांकन | Khabarhub Khabarhub

फेरि सुरू भयो तुलसी घिमिरे निर्देशित ‘पहाड’ को छायांकन


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तुलसी घिमिरेको निर्देशनमा तयार हुने चलचित्र ‘पहाड’ को रोकिएको छायांकन सुरू भएको छ ।

गत माघ २२ गते मुहूर्त गरेर छायांकन सुरू गरिए पनि निर्देशक घिमिरेको स्वास्थ्यमा समस्या आएपछि दोस्रो दिनदेखि छायांकन रोकिएको थियो ।

आफ्नो स्वास्थ्य अनुकुल भएपछि फागुन ९ देखि पूर्वनिर्धारित तालिकाअनुसार नै गोरखामा छाया.कन भइरहेको निर्देशक घिमिरेले जानकारी दिए ।

युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको फिल्मले समाजको तीतो यथार्थलाई दर्शकसमक्ष पुर्‍याउने लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए ।

‘मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ । फिल्मको विषय अनुसार हामीले कलाकार चयन गरेका छौँ । नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु,’ उनले भने ।

स्वास्थ्यलाभ गरेर छायांकनमा फर्किएपछि निर्देशक घिमिरेले नयाँ ऊर्जाका साथ काम भइरहेको बताए । ओजस्वी केसी निर्माता रहेको चलचित्रलाई प्रमोद प्रधानले छायांकन गरिरहेका छन् ।

भारतमा फिल्म, वेबसिरिज र टेलिफिल्मसमेत छायांकन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा सहकार्य गरेका छन् ।

छायाँकार प्रधान तीस वर्षपछि नेपाली फिल्म छायाङ्कनका लागि नेपालमा आएका हुन् । फिल्मको छायाङ्कन गोरखा र आसपासमा २५ दिन र भारतमा १५ दिन हुने निर्देशक घिमिरेले जानकारी दिए ।

भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भइरहेको चलचित्रमा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायतका कलाकारले अभिनय गरिरहेका छन् ।

निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै चलचित्रमार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याउदैछन् । यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।

यसमा रञ्जित गजमेर सङ्गीत निर्देशक र भारती घिमिरे क्रिएटिभ निर्देशक रहेका छन् । रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह निर्माता रहेको फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ ।

यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो । पछिल्लो फिल्म ‘दर्पणछाया २’ पछि निर्देशनबाट केही समय विश्राम लिएका निर्देशक घिमिरेले ‘पहाड’ मार्फत निर्देशनमा कमब्याक गरेका हुन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १२ : ३३ बजे

विद्यालयमा सूचना प्रविधि र पूर्वाधार निर्माण हुने

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका हिमाली र पहाडी

हत्यामा संलग्न अभियुक्त २० वर्षपछि पक्राउ

म्याग्दी– म्याग्दीमा २० वर्षअघि भएको हत्या घटनामा संलग्न एक अभियुक्तलाई

प्रचण्डले भने- निर्वाचनको माध्यमबाट संविधान र लोकतन्त्रको रक्षा गरेर अघि बढ्नुपर्छ

गोरखा– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल

निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने रास्वपाको निर्णय

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने

पार्टीमा पहिरो जाने डरले एकताबाट हच्किए प्रचण्ड-माधव, दोस्रो पुस्ता बन्यो चुनौती

काठमाडौं– नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी