नसर्ने रोगको जोखिम : सरकारको निःशुल्क परीक्षण कति प्रभावकारी होला ? | Khabarhub Khabarhub

नसर्ने रोगको जोखिम : सरकारको निःशुल्क परीक्षण कति प्रभावकारी होला ?


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बढ्दो सहरीकरण, आधुनिक जीवनशैली तथा जलवायु परिवर्तनका कारण विगत केही वर्षदेखि नेपालमा नसर्ने रोगहरू बिरामीको मृत्युको कारण बनेको भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरिरहँदा सरकारले नसर्ने रोगको निःशुल्क स्क्रिनिङ अभियान चलाएको छ । 

नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवर्द्धन गर्ने उद्देश्यले ‘आगामी पुस्ता, निरोगी पुस्ता’ कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको कार्यक्रम सञ्चालनमा छ । 

जसमा ३० वर्षमाथिका नागरिकलाई हरेक स्थानीय तहका आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू, स्वास्थ्य चौकी र आधारभूत अस्पतालहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग एवं शरीरको उचाइ र तौलको अनुपात समयमै पहिचान गरी नसर्ने रोगहरूको रोकथाम तथा व्यवस्थापन गर्ने लक्ष्यका साथ स्क्रिनिङ गरिने स्वास्थ्य मन्त्रालयले बताएको छ । 

परीक्षण केन्द्रहरूमा व्यक्तिको उचाइ अनुसारको तौल सुगर, रक्तचापको अवस्था के छ ? मिर्गौला, मुटु धमनीको जाँच गर्ने र यी जाँच रुममा केही असामान्य अवस्था देखिए थप जाँच गराउन बिरामीहरूलाई सम्बन्धित अस्पतालहरूमा पठाउने काम सँगसँगै हुने मन्त्रालयले जनाएको छ ।

फागुन १ गते अभियानको सञ्चालन गर्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नेपालमा नसर्ने रोगको भार कम गरी स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न आग्रह गरेका थिए । 

नसर्ने रोग र यसका कारण 

एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने रोगहरूलाई नसर्ने रोग मानिन्छ । जसले लामो अवधि र साधारणतया सुस्त गतिमा प्रभाव पार्ने गर्दछ । 

सामान्यतया नसर्ने रोगहरू मुटुरोग (कोरोनरी मुटुरोग र हृदयाघात), क्यान्सर, दीर्घ श्वासप्रश्वास रोगहरू (दीर्घ अवरोधात्मक श्वासप्रश्वास रोग र दम) र मधुमेह हुन् ।

नसर्ने रोगहरू विशेष गरी अस्वस्थकर जीवनशैली वा जोखिमपूर्ण व्यवहार जस्तै सूर्तिजन्य पदार्थको प्रयोग, अस्वस्थकर खानपिन, अपर्याप्त शारीरिक सक्रियता र मदिरापानको हानिकारक प्रयोगका कारण लाग्ने चिकित्सकहरू बताउँछन् ।
 
यस्ता जोखिमपूर्ण व्यवहारले विभिन्न परिवर्तन जस्तै मोटोपन, उच्च रक्तचाप, रगतमा ग्लुकोजको मात्रा बढ्ने र कोलेस्टेरोलको मात्रा बढ्ने हुन्छ । यदि समयमै यस्ता जोखिमपूर्ण व्यवहारलाई नियन्त्रण गरिएन भने यसले दीर्घ नसर्ने रोगहरू निम्त्याउन सक्दछ । 

यदि जोखिमपूर्ण व्यवहारहरूको रोकथाम र नियन्त्रण गरेमा धेरैजसो नसर्ने रोगहरू लाग्नबाट बच्न सकिने भएकाले आफ्नो जीवनशैली परिवर्तन गरी स्वस्थवद्र्धक खानपान र शारीरिक व्यायाममा जोड दिन चिकित्सकहरू सुझाउँछन् । 

नेपालमा नसर्ने रोगको अवस्था 

नेपालमा बर्षेनी मृत्यु हुने संख्यामध्ये नसर्ने रोगका कारण ४२ प्रतिशत मानिसको मृत्यु हुने गरेको पाइएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

त्यस्तै विश्वभर हुने कुल मृत्युको ७४ प्रतिशत मृत्युको कारण नसर्ने रोगलाई मानिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर वर्षेनी ४१ लाख मानिसको मृत्यु हुन्छ । 

७० वर्ष उमेर नपुग्दै मृत्यु हुने व्यक्तिमध्ये १७ लाख मानिसको नसर्ने रोगका कारण ज्यान जाने गरेको छ । उमेर नपुग्दै हुने मृत्युको ८६ प्रतिशत व्यक्ति कम आय हुने वा गरिबी मुलुक र ७७ प्रतिशत यस्तो मृत्यु नसर्ने रोगका कारणले हुने गरेको छ । 

प्रमुख चार वटा नसर्ने रोगमध्ये वार्षिक १७.९ मिलियन व्यक्तिको मृत्यु नसर्ने प्रकारको मुटु रोगसँग सम्बन्धित कारणले हुने गरेको छ । त्यस्तै क्यान्सरबाट ९.३ मिलियन, दीर्घ श्वासप्रश्वास रोगबाट ४.१ लाख र मधुमेह तथा मधुमेहसँग सम्बन्धित जटिलताबाट दुई लाख व्यक्तिको मृत्यु हुने गरेको छ ।

स्क्रिनिङले कसरी रोक्छ त नसर्ने रोग ? 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी भन्छन्- ‘स्वास्थ्यमा गम्भीर समस्या नदेखिएसम्म कसैले वास्ता गर्दैनन् । जब अवस्था गम्भीर हुन्छ अनि मात्रै उपचारका लागि जाँदा ढिलो भइसकेको हुन्छ । फेरि नसर्ने रोगहरूमा प्राय लक्षणहरू पनि नदेखिने भएकाले यसको चेकजाँच हुँदैन ।’ 

यो अभियान नै सञ्चालन गरेर हरेक स्थानीय तहमा निःशुल्क चेकजाँचको व्यवस्था गरिदिए ३० वर्षमाथिका सबैले आवश्यक चेकजाँच गर्छन् । रोग नदेखिए पनि ढुक्क हुन्छ र केही रोग देखिए समयमै उपचार पाए निको हुन्छन् । 

त्यसै पनि नसर्ने रोगका बिरामीहरूको संख्या बढेर उपचार गराउनै समस्या परिरहेका बेला यो स्क्रिनिङले बिरामीलाई गम्भीर अवस्थामा पुग्न नदिन सहयोग पुर्याउने उनले बताए ।

डा. बुढाथोकीका अनुसार अहिले परीक्षणका रूपमा केन्द्र सरकारले सुरु गरेको यो कार्यक्रम आगामी वर्षदेखि स्थानीय सरकारमार्फत नियमित रूपमा सञ्चालन गर्ने मन्त्रालयको तयारी छ । 

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १२ : ५० बजे

पूर्व राजा ज्ञानेन्द्र परिवारले पोखराको ओपनहाउसमा मनाए छोरीको जन्मदिन

पोखरा– पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो परिवारसहित पहिलो पटक पोखराको भ्रमण

लागतसँगै फास्ट ट्रयाक निर्माण अवधि पनि अझै लम्बिने

काठमाडौं- काठमाडौं–तराई–मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माण अवधि लम्बिने भएको छ।

‘तापमान वृद्धि गर्ने रसायन नियन्त्रण गर्न ‘मोन्ट्रियल किगाली’ संशोधन आवश्यक छ’

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्वव्यापी उच्च तापमान वृद्धिको

नेपालको ‘ग्रे लिस्ट’ कथा : नेता कालोधनको वकालत गर्ने, व्यापारी लगानीको स्रोत खोल्न नमान्‍ने

काठमाडौं– फाइनान्सियल एक्सन टास्क फोर्स (एफटीएफ)ले नेपाललाई खैरो सूची (ग्रे

केपी ओली कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा एपीएफ

काठमाडौं– विभागीय टोली एपीएफ क्लब केपी ओली कप फुटबल प्रतियोगिताको