पुसमा नियमित महाधिवेशन हुनुपर्नेमा कांग्रेस गोरखाको जोड « Khabarhub

पुसमा नियमित महाधिवेशन हुनुपर्नेमा कांग्रेस गोरखाको जोड


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

गोरखा– नेपाली कांग्रेस जिल्ला समिति, गोरखाले आगामी पुसमा नियमित महाधिवेशन हुनुपर्नेमा जोड दिएको छ । जिल्ला समितिले महामन्त्री गगन थापाले प्रस्तुत गरेका कार्यतालिकाअनुसार पार्टीको केन्द्रीय महाधिवेशन गर्नुपर्नेमा जोड दिएको हो ।

आज यहाँ सम्पन्न बैठकपछि आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले विधानअनुसार महाधिवेशन हुन नसके ५४ प्रतिशत प्रतिनिधिले माग गरेबमोजिम विशेष महाधिवेशन हुनुपर्ने निर्णय जिल्ला समितिले गरेको जानकारी दिए । 

‘महामन्त्रीले माग गरेबमोजिम महाधिवेशन हुँदैन भने ५४ प्रतिशत प्रतिनिधिले माग गरेको विशेष महाधिवेशन हुनुपर्छ भन्ने निर्णय जिल्ला समितिले गरेको छ’ उनले भने, ‘हामीले सोही अनुसार केन्द्रीय समितिलाई अनुरोध गर्नेछौँ ।’

कांग्रेसको विधानले जिल्ला समितिसहित सबै तहको कार्यकाल चार वर्षका लागि तोकेकाले आगामी मङ्सिरमा सबै तहको कार्यकाल सकिने भएकाले पुसमा नियमित अधिवेशन हुनुपर्ने निर्णय बैठकले गरेको उनले बताए। उनका अनुसार कांग्रेस गोरखाका ५१ महाधिवेशन प्रतिनिधिमध्ये ४२ जनाले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षरसमेत गरेका छन् ।

बैठकले विषम परिस्थितिमा देशले निकास खोजिरहेका बेला जिल्लाभित्रका ११ वटै पालिकामा पार्टीले भेला गरेर नागरिकहरूसँग छलफल र आवश्यक संवाद गर्ने निर्णयसमेत गरेको सभापति न्यौपानेले बताए। वर्तमान अवस्थामा देशलाई निकास दिनका लागि पनि तत्काल पार्टीको महाधिवेशन जरुरी रहेको उनको भनाइ छ । 

किसानले भित्र्याउने तयारी गरेका धानबालीमा वर्षाले ठूलो क्षति पुर्‍याएकोले स्थानीय प्रदेश र सङ्घीय सरकारलगायत सरोकार भएका निकायसँग पीडित किसानलाई विशेष राहतको व्यवस्था गर्न ध्यानाकर्षण गराउने आजको बैठकले निर्णय गरेको सभापति न्यौपानेले जानकारी दिए। 

उनका अनुसार पार्टीको भ्रातृ सङ्गठनलाई थप चलायमान बनाउन तथा विकास निर्माणका योजनालाई समयमा सम्पन्न गर्नेगरी दबाब दिने निर्णय बैठकले गरेको छ । जिल्ला सभापति न्यौपानेले वर्तमान सरकार संविधानअनुसार बन्यो वा बनेनभन्दा पनि यो जेन-जीको माग र आन्दोलनको मर्मबाट बनेको सरकार भएकाले स्वीकार गरेर अघि बढ्नुपर्ने धारणा राखे ।

‘यो सरकार आन्दोलनबाट बनेकाले हामीले स्वीकार गर्नुपर्छ । यो युवा पुस्ताको सङ्घर्ष र मागपछि बनेकाले हामी निर्वाचनमा जानु पर्छ’, उनले भने, ‘हामीले विगतमा गरेका आन्दोलनबाट पनि कतिपय कुराहरू भत्कायौँ र नयाँ ढङ्गले अगाडि बढ्यौँ । त्यसैले अहिले जेनजीको आन्दोलनपछि जुन सरकार बनेको छ र फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ, उक्त निर्वाचनमा सहभागी हुनुपर्छ र कांग्रेस गोरखा निष्पक्ष निर्वाचनको पक्षमा छ ।’

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ७ : १२ बजे

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा– झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि

रेफ्रीमाथि खनिएका मौरिन्होले भने-‘दुई वटा रातो कार्ड दिनुपर्थ्यो’

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत ‘मड्रिड डर्बी’ मा एट्लेटिको मड्रिडसँग

१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’

कानुनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ–  संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज

विपद्को पूर्वसूचना आयो, तर गम्भीरता बुझ्न नसक्दा विध्वंस

त्रिशूली – बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल