धर्म र संस्कृतिलाई राजनीतिमा ल्याए भयंकर विवादको स्वरूप लिन्छ : सचिव भट्टराई « Khabarhub

धर्म र संस्कृतिलाई राजनीतिमा ल्याए भयंकर विवादको स्वरूप लिन्छ : सचिव भट्टराई


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले धर्म र संस्कृतिलाई राजनीतिमा प्रवेश गराए भयंकर विवादको स्वरूप लिने बताएका छन्  ।  

ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केबलकार निर्माणका विषयमा व्यक्तिगत र राजनीतिक स्वार्थ देखा परेको भन्दै उनले धर्म र संस्कृतिलाई राजनीतिमा प्रवेश गराए भयंकर विवादको स्वरूप लिने बताएका हुन् । 

आइतबार प्रतिनिधिसभा बैठकमा उनले केबलकार निर्माणको विरोधमा शनिबार राती भएको घटनाप्रति आपत्ति जनाए । 

विरोधका क्रममा मसाल जुलुस प्रदर्शन गर्दा नागरिकका घरमा आगो फाल्ने र सुरक्षाकर्मीमाथि सांगातिक हमला भएको भन्दै उनले सुरक्षाकर्मीको संयमताले थप नोक्सानी हुन नपाएको धारणा राखे  । 

केबलकार निर्माणको विरोधको घटनाले नागरिकहरू आतंकित बनेकाले तत्काल गम्भीर हुनुपर्ने उनले बताए ।  

उनले नेपाल बहुभाषिक बहुजाति, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले यस्ता विवाद हुनु दुखद कुरा भएको बताए ।

केबलकार निर्माणका विषयमा निरन्तर विरोध र झडपका घटना भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । 

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  २ : १५ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले