साइबर सुरक्षाको संस्था ‘एनपी–सर्ट’ मा नयाँ कार्यसमिति चयन « Khabarhub

साइबर सुरक्षाको संस्था ‘एनपी–सर्ट’ मा नयाँ कार्यसमिति चयन


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको साइबर सुरक्षा सुदृढीकरणमा सक्रिय संस्था इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम (एनपी–सर्ट) ले नयाँ नेतृत्व चयन गरेको छ । 

शनिबार सम्पन्न १०औँ वार्षिक साधारणसभाले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका सहायक प्राध्यापक तथा सूचना प्रविधि विज्ञ डा. राजीव सुब्बाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिमा उपाध्यक्ष पदमा प्रा.डा. सुदन झा, ई. तुलसीराम श्रेष्ठ र सुमन कुमार शर्मा रहनुभएको छ भने महासचिवमा डा. सुमन थपलिया निर्वाचित भएका छन् । त्यस्तै, सचिवमा कृष्णप्रसाद पाण्डे र कोषाध्यक्षमा प्रवीण खड्का चयन भएका छन् । 

कार्यकारी सदस्यहरूमा रेजिना डाँगी, ई. रुचि पाण्डे, सुदीप घिमिरे, दीक्षा राउत, ई. सन्तोष श्रेष्ठ र रामकृष्ण दाहाल छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  २ : १८ बजे

हिमाली याकपालकको क्षेत्रीय सञ्जाल बन्दै, साझा चुनौतीमा सहकार्य गर्ने

काठमाडौँ– नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

न्युयोर्क– शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर हटाउनु

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई