पाथीभरा केबलकारको विरोधमा रास्वपा, तत्काल निर्माण रोक्न माग « Khabarhub

पाथीभरा केबलकारको विरोधमा रास्वपा, तत्काल निर्माण रोक्न माग


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारको विवादले संसद्‍मा पनि बहस भएको छ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाथीभर (मुक्कुम्लुङ) मा केबलकार निर्माणका नाममा जारी तनावबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बैठकको आकस्मिक समयमा बोल्दै रास्वपा सांसद डा. तोसिमा कार्कीले तत्कालका लागि केबलकार निर्माण रोक्न माग गरेकी छन् ।

कार्कीले तत्काल निर्माण रोकी आन्दोलनरत पक्षसँग वार्ता गरेर सहमति खोज्न भनेकी छन् । उनले थुनामा रहेकाहरूलाई तत्काल रिहा गर्न पनि माग गरेकी छन् ।

‘पटक पटक प्रहरी प्रशासन र आन्दोलनकारीबीच झडप हुने, घाइते हुने भइरहेको छ । गोलीसमेत चल्ने र करोडौंको क्षति हुने गरेको छ । हिजोमात्र त्यहाँ अशान्त र असामान्य स्थिति देखा पर्यो । अहिले निषेधाज्ञा लागेको छ’, उनले भनिन्, ‘यसरी राज्यको अर्कमर्णयताका कारण नागरिक ‘एस’ केवलकार र ‘नो केवलकार’ मा विभाजित भए । अराजकता देखियो । आन्दोलितहरू आक्रोशित छन् । सरकारले यसमा निकास दिन सकेका छैनन् । समाजवादको नारा भजाउने पार्टी नै सरकारमा हुँदा पनि यस्तो तनाव किन ?’

सांसद कार्कीले आन्दोलनकारीसँगको सहमति सरकारले उल्लंघन गरेको आरोप पनि लगाइन् । आन्दोलनकारीलाई गोली हानेर विकास नहुने उनले जिकिर गरिन् ।

‘सरकारले जनतामा देखाएको अभिभावकत्व यही हो त ? त्यहाँ संरचना बनाउँदा विवादरहित हुनुपर्ने दायित्व त्यहाँको सम्बन्धित आयोजना समिति र राज्यको हो । तर, त्यसो भएन । यसअघि पनि सम्झौता भएको थियो । तर, कार्यान्वयन सकेन’, उनले भनिन्, ‘माघ २२ गते पनि सम्झौता भयो । कार्यान्वयन हुन सकेन । निश:र्त रिहा गर्ने भनेकामा धरौटी लिइएको छ। सरकारबाट सहमति उल्लंघन भएको छ । सरकारप्रति नागरिकको विश्वास डगमगाएको छ । जुन ठाउँमा विकास निर्माण हुँदैछ, त्यही ठाउँमा नागरिकलाई लाठ्ठी हानेर, गोली प्रहार गरेर गरिएको विकास भन्ने कि विनाश ? हामी पार्टीको तर्फबाट केबलकार निर्माण रोक्न माग गर्दछौँ ।’

केबलकार निर्माण विरोधीको प्रदर्शनका क्रममा शनिबार राति तनाव भएपछि फुङलिङमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले आइतबार बिहान ५ बजेदेखि लागु हुनेगरी फुङलिङ बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

‘नो केबलकार’ पक्ष र प्रहरीबीच शनिबार राति फुङलिङ बजारको वीरेन्द्र चोकमा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले प्रदर्शन र जुलुसका कारण प्रतिकुल परिस्थिति सिर्जना हुन गएकाले शान्ति सुरक्षा भंग हुन सक्ने देखिएपछि शनिबार रातिको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  २ : २० बजे

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ (तस्बिरहरू)

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका

इन्डोनेसियाले ७५० सरकारी कम्पनी बन्द गर्ने

जकार्ता- इन्डोनेसियाले घाटामा रहेका र उत्पादकत्व न्यून भएका ७५० भन्दा

मन्त्री मेहतासँग युएनएफपिएका प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या

‘विगतमा कम विकास भएका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँ’

सुदूरपश्चिम– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतमा कम विकास भएका

अब कर्मचारीले वैदेशिक भ्रमण गर्नुपूर्व प्रधानमन्त्री कार्यालयको स्वीकृति लिनुपर्ने

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई