‘कल्ली’को छायांकन सुरू, १३ वर्षपछि फिल्ममा फर्किएका उत्तम भन्छन् – फरक भूमिकाको प्रस्ताव आयो « Khabarhub

‘कल्ली’को छायांकन सुरू, १३ वर्षपछि फिल्ममा फर्किएका उत्तम भन्छन् – फरक भूमिकाको प्रस्ताव आयो


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक उत्तम प्रधानको कमब्याक फिल्म ‘कल्ली’का छायाङ्कन सुरु भएको छ । बौद्धस्थित एक घरबाट आइतबारदेखि यस फिल्मको छायाङ्कन सुरु भएको हो ।

छायाङ्कनको पहिलो दिन उत्तमसहित नायक नाजिर हुुसेन र वर्षा राउतको अंशको दृश्य खिचिएको छ ।

१३ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्न लागेका उत्तम छायाङ्कनलाई लिएर उत्साहित छन् । आफूले विगतमा निर्वाह गरेकोभन्दा फरक भूमिकाका लागि प्रस्ताव आएकाले यस फिल्ममा जोडिएको खुलाए ।

उनले थपे, ‘मलाई यो बीचमा धेरै फिल्मबाट प्रस्ताव आएका थिएँ । आफ्नो भूमिका चित्त नबुझेका कारण गरिनँ । यो फिल्मको कथावस्तु मलाई निकै मनप¥यो । यसमा मैले पहिला गरेको भन्दा फरक भूमिका निर्वाह गर्दैछु ।’

छायाङ्कनस्थलमा भेटिएका नाजिर र वर्षाले आफूहरु श्रीमान्–श्रीमतिको भूमिकामा रहेको खुलाए ।

सुटिङ सेटमा भेटिएका नायक नाजिर हुसेन र नायिका वर्षा राउतले आफूहरू श्रीमान्–श्रीमतीको भूमिकामा देखिन लागेको बताए ।

निर्देशक लक्ष्मण सुनारका अनुसार यो फिल्मको छायाङ्कन तालिका ३५ दिनको छ । पहिलो चरणको छायाङ्कन काठमाडौं र दोस्रो चरणको छायाङ्कन जुम्लामा हुने बताइएको छ ।

फिल्ममा उत्तम, वर्षा, नाजिरसहित सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, रेयर राई, प्रियना आचार्य लगायतको अभिनय रहने बताइएको छ ।

फिल्मको लेखक महेश दवाडी हुन् । लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ । प्रस्तुतकर्ता किरण नेपाली हुन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ३ : ३३ बजे

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

विशेष महाधिवेशनको बीचमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त