शिक्षा ऐन पास गर्न सांसदलाई दबाबको खाँचो छ : नैनसिंह महर | Khabarhub Khabarhub

शिक्षा ऐन पास गर्न सांसदलाई दबाबको खाँचो छ : नैनसिंह महर


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षा विधेयक पास गर्न सरकार र सांसदलाई दबाब दिनुपर्ने आवश्यकता देखिएको बताएका छन् ।

नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र संस्थागत विद्यालय शिक्षक युनियनका केन्द्रीय समितिद्वारा संयुक्त रूपमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महरले २०२८ सालदेखि शिक्षाको विकासका लागि नयाँ ऐन ल्याउन नसकिएको बताउँदै शिक्षा विधेयक पास गर्न दबाबको खाँचो रहेको औँल्याएका हुन् ।

‘विश्वले चेतना र प्रविधिका हिसाबले यो बीचमा ठूलो फड्को मारेको छ। तर, हामी ऐनकै विषयमा अल्झिएका छौँ। यस पटक पनि विधेयक पास गर्न सांसदहरूले खुट्टा लर्खाराउनु हुने हो कि भन्ने आंशका बडेको छ । यस्तो अवस्थामा विधेयक पास गर्न संसद् र सरकारलाई ठूलो दबाब सिर्जना गर्न आवश्यक छ,’ उनले भने ।

सरोकारवालासँग थप छलफल र अन्तरक्रिया गरेर विधेयकमा सबैको सहभागिताको प्रत्याभूति दिलाउनसमेत आवश्यक रहेको महरले बताए । शिक्षकका वर्गिक सवाल, नि:शुल्क र गुणस्तरीय जीवन उपयोगी शिक्षाका लागि कांग्रेस शिक्षक सँगसँगै रहेको उनको भनाइ छ ।

संसदको हिउँदे अधिवेशनबाट आफ्ना माग समेटेर शिक्षा ऐन पास हुनुपर्ने मागसहित नेपाल शिक्षक महासंघले घोषणा गरेको आन्दोलनप्रति लक्षित गर्दै नेता महरले आज संसारभरि अधिकारका लागि संघर्ष भएका तर कर्तव्य पालनाका लागि कमै मात्र संघर्ष देखिनु विडम्बना भएको टिप्पणी गरेका छन् । उनले अबको संघर्ष अधिकार र कर्तव्यको संयोजनतर्फ अगाडि बढाउनुपर्ने बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ३ : १६ बजे

कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी

कञ्चनपुर– आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

चन्द्रपुर– जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र

श्रमदानबाट सडक मर्मत

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दाले श्रमदान गरेर सडक मर्मत गरेका

सम्पर्कमा आउन थाले कञ्चनपुरबाट भागेका कैदीबन्दी

कञ्चनपुर– जेनजी प्रदर्शनका क्रममा मंगलबार साँझ कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीहरु

प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

अमेरिका– नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले