जाजरकोटमा सुख्खा पहिरो जाँदा चार जना घाइते | Khabarhub Khabarhub

जाजरकोटमा सुख्खा पहिरो जाँदा चार जना घाइते


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जाजरकोटमा सुख्खा पहिरो जाँदा चार जना घाइते भएका छन् । जाजरकोटको नलगाड नगरपालिका–१०, घ्यारगाउँमा सुख्खा पहिरो जाँदा चार जना घाइते भएका हुन् । 

आइतबार बिहान विश्व खाद्य कार्यक्रमको आर्थिक सहायतामा सञ्चालित खानेपानी परियोजनामा गिट्टी कुट्ने कार्य भइरहेको बेला माथिबाट अचानक आएको सुख्खा पहिरो खस्दा चार जना मजदुरहरू घाइते भएका छन् । 

पहिरोमा परी घाइते हुनेहरूमा ५० वर्षीया कलधरी नेपाली, ४५ वर्षीया डम्मरीकुमारी बोहरा, ४५ वर्षीया लाल सरी नेपाली र ३० वर्षीया कमला बिक रहेका जिल्ला प्रहरी जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले बताए । 

घाइतेको जाजरकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ४ : ०१ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’