जाजरकोटमा सुख्खा पहिरो जाँदा चार जना घाइते « Khabarhub

जाजरकोटमा सुख्खा पहिरो जाँदा चार जना घाइते


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जाजरकोटमा सुख्खा पहिरो जाँदा चार जना घाइते भएका छन् । जाजरकोटको नलगाड नगरपालिका–१०, घ्यारगाउँमा सुख्खा पहिरो जाँदा चार जना घाइते भएका हुन् । 

आइतबार बिहान विश्व खाद्य कार्यक्रमको आर्थिक सहायतामा सञ्चालित खानेपानी परियोजनामा गिट्टी कुट्ने कार्य भइरहेको बेला माथिबाट अचानक आएको सुख्खा पहिरो खस्दा चार जना मजदुरहरू घाइते भएका छन् । 

पहिरोमा परी घाइते हुनेहरूमा ५० वर्षीया कलधरी नेपाली, ४५ वर्षीया डम्मरीकुमारी बोहरा, ४५ वर्षीया लाल सरी नेपाली र ३० वर्षीया कमला बिक रहेका जिल्ला प्रहरी जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले बताए । 

घाइतेको जाजरकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ४ : ०१ बजे

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको