जनताका काम शीघ्र सम्पादन गर्न अध्यादेश आएको हो : सांसद कोइराला « Khabarhub

जनताका काम शीघ्र सम्पादन गर्न अध्यादेश आएको हो : सांसद कोइराला


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसद रुक्मिणी कोइरालाले जनताका काम शीघ्र सम्पादन गर्न अध्यादेश ल्याउनु परेको प्रस्ट पारेकी छन् । 

आजको बैठकको विशेष समयमा बोल्दै उनले नागरिकका काम शीघ्र सम्पादन गर्न सरकारले अध्यादेशमार्फत भूमिसम्बन्धी तथा लगानीको वातावरण बनाउन छ वटा अध्यादेश ल्याइएको प्रस्ट पारिन् ।
 
‘आजको विश्व आधुनिक युगमा फड्को मारिसक्यो । हामी भने झिना मसिना कुरामा अल्झिरहेका छौँ, मुलुक जति अगाडि बढ्दै जान्छ, त्यति समाज विकासका लागि कानुनी अप्ठ्यारा बढ्दै जान्छन्, देश बनाउने सबैको चाहना हुँदाहुँदै कानुनी अड्चनका कारण जनताका आधारभूत आवश्यकता कुण्ठित भइरहेको छ’, सांसद कोइरालाले भनिन् । 

उनले मुलुकमा कतिपय २०१५ साल अघिका ऐन/कानुन र नियमावली रहेका जनाउँदै ती पुराना ऐन÷कानुनलाई परिमार्जन वा संशोधन गरी समय सान्दर्भिक बनाउनुपर्नेमा जोड दिइन् । उनले सहकारीमार्फत गरिबको रकम हिनामिना गर्नेको जग्गा रोक्का गरी पीडितको रकम फिर्ता गराउनुपर्ने धारणा राख्नुभयो । त्यसका लागि सहकारी कानुन बनाउन अपरिहार्य रहेकामा उनले जोड दिइन् । 

भूमिसम्बन्धी अध्यादेशमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई जोखिमयुक्त ठाउँबाट अन्य स्थानमा स्थानान्तर गर्नुपर्ने सांसद कोइरालाले बताइन् । आम नागरिकको चाहना अनुसार जबाफदेही र पारदर्शी बनाउँदै सेवाग्राहीलाई छिटोछरितो रूपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ सुशासनसम्बन्धी अध्यादेश आएको उनको भनाइ  छ । 

उनले भनिन्, ‘विदेशी विनिमय ऐन २०१९, कालो बजार तथा अन्य सामाजिक अपराध तथा सजाय ऐन २०५२, कम्पनी ऐन २०६६ र विशेष आर्थिक क्षेत्र ऐन २०७३ सहित केही नेपाल ऐनलाई संशोधन गर्न कानुनी व्यवस्था गर्नुपर्ने हुँदा अध्यादेश आएको हो ।’

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ४ : १५ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया