रविमाथि छानबिन हुँदैछ, अब अरू दलका नेतामाथि अनुसन्धान थालियोस् : डीपी अर्याल « Khabarhub

रविमाथि छानबिन हुँदैछ, अब अरू दलका नेतामाथि अनुसन्धान थालियोस् : डीपी अर्याल


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राज्यको उच्चतहमा पुगेका नेता तथा व्यक्तिको सम्पत्ति छानविनका उच्चस्तरीय आयोग बनाउन माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै अर्यालले प्रधानमन्त्रीले आफू पनि भ्रष्टाचार नगर्ने र गर्न नदिने बताउँदै आएको भन्दै राज्यको उच्च निकायमा सबैको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय शक्तिशाली छानबिन आयोग बनाउन माग गरेका हुन् ।

उनले वर्तमान प्रधानमन्त्रीले आफ्नो र सत्तारुढ दलका नेतामाथि लाग्दै आएको आरोपको छानबिनका लागि मार्गप्रशस्त गर्ने हिम्मत देखाउनसमेत सुझाव दिए ।

संसद्‍बाट प्रश्न उठेपछि आफ्ना सभापतिमाथि छानबिन गर्न तयार भएको बताउँदै उनले अहिले कानुनी लडाइँ लडिरहेको उल्लेख गरे । अर्यालले सरकार र सदनसमेत अन्य नेताको छानबिनका लागि तयार हुनुपर्ने बताए ।

सभापति रवि लामिछानेको नागरिकका बिषयमा पनि सांसदहरूले प्रश्न उठाएको भन्दै पार्टी सभापतिको नागरिकता सांसदको घरमा नभई आवश्यक पर्ने निकायमा उपलब्ध गराइने स्पष्ट पारे । सहकारी प्रकरणमा दुई दलको दम्भले नभई नीति र विधिमार्फत् छानबिन हुनुपर्ने उनले जिकिर गरे ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ४ : १३ बजे

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण

बाढीपछि चीनतर्फ हराइरहेका ९८ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं- गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नेपालमा