रविमाथि छानबिन हुँदैछ, अब अरू दलका नेतामाथि अनुसन्धान थालियोस् : डीपी अर्याल | Khabarhub Khabarhub

रविमाथि छानबिन हुँदैछ, अब अरू दलका नेतामाथि अनुसन्धान थालियोस् : डीपी अर्याल


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राज्यको उच्चतहमा पुगेका नेता तथा व्यक्तिको सम्पत्ति छानविनका उच्चस्तरीय आयोग बनाउन माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै अर्यालले प्रधानमन्त्रीले आफू पनि भ्रष्टाचार नगर्ने र गर्न नदिने बताउँदै आएको भन्दै राज्यको उच्च निकायमा सबैको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय शक्तिशाली छानबिन आयोग बनाउन माग गरेका हुन् ।

उनले वर्तमान प्रधानमन्त्रीले आफ्नो र सत्तारुढ दलका नेतामाथि लाग्दै आएको आरोपको छानबिनका लागि मार्गप्रशस्त गर्ने हिम्मत देखाउनसमेत सुझाव दिए ।

संसद्‍बाट प्रश्न उठेपछि आफ्ना सभापतिमाथि छानबिन गर्न तयार भएको बताउँदै उनले अहिले कानुनी लडाइँ लडिरहेको उल्लेख गरे । अर्यालले सरकार र सदनसमेत अन्य नेताको छानबिनका लागि तयार हुनुपर्ने बताए ।

सभापति रवि लामिछानेको नागरिकका बिषयमा पनि सांसदहरूले प्रश्न उठाएको भन्दै पार्टी सभापतिको नागरिकता सांसदको घरमा नभई आवश्यक पर्ने निकायमा उपलब्ध गराइने स्पष्ट पारे । सहकारी प्रकरणमा दुई दलको दम्भले नभई नीति र विधिमार्फत् छानबिन हुनुपर्ने उनले जिकिर गरे ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ४ : १३ बजे

पाँच दशकपछि धारापानी क्षेत्रमा विद्युतीकरण

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका) मा

विद्युत् विस्तारपछि गाउँगाउँमा ‘विद्युतीय मिल’ 

भोजपुर– विद्युतीकरणपछि भोजपुरका ग्रामीण क्षेत्रको जनजीवन सहज बन्दै गएको छ

दशैँ टीकाको दिनबाहेक अन्य दिन अध्यागमन विभाग खुला रहने

काठमाडौं– अध्यागमन विभागले बडादशैँको सार्वजनिक बिदाको अवधिमा दशैँको टीकाको दिनबाहेक

४४ प्रतिशतले बढ्यो अलैँचीको निर्यात

झापा– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

अमेरिकामा नयाँ घरको बिक्री उच्च

वासिङ्टन – अमेरिकामा नयाँ घरको बिक्री दर अगस्टमा सन् २०२२