पश्चिम किनाराका तीन शरणार्थी शिविर ‘खाली’ गरियो  « Khabarhub

पश्चिम किनाराका तीन शरणार्थी शिविर ‘खाली’ गरियो 


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– इजरायली रक्षा मन्त्रालयले कब्जा गरिएको पश्चिमी किनाराको उत्तरमा रहेका तीन वटा शरणार्थी शिविरलाई सेनाले ‘खाली’ गरेको जनाएको छ । 

शिविरमा आगामी एक वर्षसम्म अन्य बस्ती बस्न रोक लगाइएको पनि सेनाले बताएको छ । 

‘अहिलेसम्म ४० हजार प्यालेस्टिनीलाई जेनिन, तुलकर्म र नुर शम्सको शरणार्थी शिविरबाट बाहिर निकालिएको छ,’ इजरायली रक्षामन्त्री इजरायल काट्जले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

उनले भने, ‘मैले सेनालाई खाली शिविरहरूमा लामो समयको उपस्थितिको लागि तयारी गर्न र त्यहाँका बासिन्दाहरूको फिर्ती र आतङ्कवादको पुनरुत्थान रोक्न निर्देशन दिएको छु।’

यसअघि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले बन्धक रिहाइका समय गर्ने ‘अपमानजनक समारोह’ रोक्ने प्रतिबद्धता नआएसम्म गाजा युद्धविराम सम्झौताअन्तर्गत प्यालेस्टिनी कैदीहरूको सातौँ समूहको रिहाइ प्रक्रिया ढिलो हुने बताएका छन् । 

सम्झौता अन्तर्गत सशस्त्र इस्लामिक लडाकू समूह (हमास) ले शनिबार बन्धकको रिहाइ प्रक्रिया अन्तर्गत सातौँ समूहका छ बन्धकको रिहाइ गरिसकेको छ । 

बदलामा इजरायलले ६०० प्यालेष्टिनी बन्दीलाई शनिबार नै रिहा गर्ने सहमति भए पनि बन्धक रिहाइका समय हमासले गरेका ‘समारोह’ले हमासले बन्धक बनाएका इजरायली नागरिकको अपमान भएको भन्दै इजरायलले बन्दी रिहा गर्न ढिलाइ गरेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ५ : २८ बजे

ट्रम्प र इरान : वार्ता र चेतावनी

पेरिस– इरानी सर्वोच्च नेता अयातुल्ला अली खामेनीले अमेरिकाले आक्रमण गरे

इनड्राइभद्वारा यात्रु सुरक्षामा जोड, सुरक्षित यात्राका लागि नयाँ सुझाव सार्वजनिक

काठमाडौं– नेपालका प्रमुख शहरी क्षेत्रहरूमा राइड–हेलिङ सेवाको प्रयोग तीव्र गतिमा बढ्दै

कम्बोडिया पठाउने भन्दै लाखौँ रकम ठगी, एक जना पक्राउ

काठमाडौं– काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कम्बोडिया पठाउने भन्दै

प्राविधिक समस्याका कारण ‘गाजा प्रशासनिक समिति’को प्रवेशमा ढिलाइ

एजेन्सी– प्राविधिक समस्याका कारण रफाह नाका हुँदै गाजाको ‘नवगठित प्रशासनिक

कञ्चनपुरका सीमसार तथा ताल तलैयाको अस्तित्व संकटमा

कञ्चनपुर– जलवायु परिवर्तन, बढ्दो प्रदूषण र मानवीय अतिक्रमणका कारण कञ्चनपुरका