रिङ्कुकुमारी सदाको बलात्कारमा संलग्नलाई कारबाही गर्न माग | Khabarhub Khabarhub

रिङ्कुकुमारी सदाको बलात्कारमा संलग्नलाई कारबाही गर्न माग


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सांसद राधेश्याम पासवानले नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको सामूहिक बलात्कारमा संलग्न व्यक्तिलाई जतिसक्दो चाँडो पक्राउ गरी कारबाही गर्न माग गरेका छन्  । 

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा सांसद पासवानले घटना भएको १५ दिन हुँदा पनि सरकारले दोषीमाथि कारबाही नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

‘संसद्मा सांसदहरूले उठाएका मुद्दाको कार्यान्वयन किन हुँदैन, संसद्मा सांसदहरूले उठाएको विषयको कार्यान्वयन हुँदैन भने हामी संसद्मा बोल्नु के अर्थ छ, जनतालाई हामीले के जवाफ दिने हो’, उनले भने । सांसद पासवानले सदाको बलात्कार घटनाको सम्बन्धमा पटक–पटक संसद्मा कुरा उठाउँदासमेत सुनुवाइ नभएको उल्लेख गर्दै असन्तुष्टि जनाए  । 

‘बलात्कार भएको घटना भएको आज १५ दिन भएको छ, तर अहिलेसम्म सरकारले संसद्मा आएर जवाफ दिएको छैन, प्रहरीले घटनामा संलग्न व्यक्तिलाई अहिलेसम्म समाउन सकेको छैन, जतिसक्दो चाँडो दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउछु ।’ उनले भने । 

गत माघ ३० गते नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको सामूहिक बलात्कार भएको थियो । माघ २७ गते राति शौच गर्न घर बाहिर निस्केकी रिङ्कुकुमारीको स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कार भएको थियो । उनी भोलिपल्ट बिहान मात्रै घर पुगेकी थिइन् ।

वडा सदस्यसहितका स्थानीयको संलग्नतामा भोलिपल्ट र तेस्रो दिन पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो । सोही साँझ (माघ ३० गते) पीडित किशोरी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । 

बाहिरबाट ढोका बन्द गरिएको अवस्थामा भित्र झुन्डिएको भेटिएकाले उनको मृत्युलाई परिवारले शङ्कास्पद भनेको छ । सदाको बलात्कार र शङ्कास्पद मृत्यु घटनामा आठ जनाविरुद्ध बिहीबार पूरक जाहेरी दर्ता भएको छ । 

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ५ : ५० बजे

प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको शपथ

काठमाडौं– प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार स्वास्थ्य

कुमारी ईक्वीटी फण्डले साढे ११ प्रतिशत लाभांश दिने 

काठमाडौं– कुमारी ईक्वीटी फण्डले इकाईधनिलाई लाभांश दिने भएको छ ।

कारागार सुधारका लागि संसदीय अध्ययन समिति गठन गरौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले देशभरका कारागारमा देखिँदै आएका

एमसीसी परियोजना : १५.४५ करोड डलरका दुई विद्युत् प्रसारण लाइन निर्माण सम्झौता गर्दै अघि बढ्यो

काठमाडौं- अमेरिकाद्वारा वैदेशिक सहायता समीक्षापछि मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल

एक हप्ताभित्र वार्षिक कार्ययोजना बुझाउन मातहतका अस्पताल र निकायलाई मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सबै संघीय अस्पतालहरू र