पूर्व राजा ज्ञानेन्द्र परिवारले पोखराको ओपनहाउसमा मनाए छोरीको जन्मदिन « Khabarhub

पूर्व राजा ज्ञानेन्द्र परिवारले पोखराको ओपनहाउसमा मनाए छोरीको जन्मदिन


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पोखरा– पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो परिवारसहित पहिलो पटक पोखराको भ्रमण गरेका छन् । यस ऐतिहासिक भ्रमणमा उनले आफ्नी छोरी, राजकुमारी प्रेरणा शाहको जन्मदिन पोखराको प्रसिद्ध ओपनहाउस रेस्टुरेन्ट र क्लब क्याटवाकमा मनाए । 

राजपरिवारको यो भ्रमणलाई पोखराका स्थानीयवासी र पर्यटन व्यवसायीहरूले निकै महत्वपूर्ण रुपमा लिएका छन् ।

ओपनहाउस रेस्टुरेन्टमा आयोजित विशेष समारोहमा पूर्व राजा ज्ञानेन्द्र, उनकी पत्नी कोमल शाह, छोरा युवराज पारस शाह लगायत राजपरिवारका सदस्यहरूको उपस्थिति थियो । 

प्रेरणाको जन्मदिनको अवसरमा केक काट्नुका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो । त्यसपछि राजपरिवार क्लब क्याटवाक गएको थियो जहाँ थप उत्सव मनाइएको थियो । 

पूर्व राजा ज्ञानेन्द्रले ओपनहाउसको सुन्दरता, व्यवस्थापन र वातावरणको प्रशंसा गरे । उनले पोखराको प्राकृतिक सौन्दर्यले आफूलाई मोहित पारेको बताए । 

ओपनहाउस र क्लब क्याटवाक दुवैको आतिथ्यले आफूलाई थप प्रभावित पारेको पनि उनले बताए । यस भ्रमणले पोखराको पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्ने विश्वास स्थानीय पर्यटन व्यवसायीहरूले व्यक्त गरेका छन् । 

राजपरिवारको भ्रमणको क्रममा सुरक्षा व्यवस्था कडा पारिएको थियो । ओपनहाउस र क्लब क्याटवाक आसपासको क्षेत्रमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति थियो । 

यद्यपि, राजपरिवारले स्थानीयवासीहरुसँग घुलमिल भएर फोटो खिचाउनुका साथै कुराकानी पनि गरेका थिए ।  

यसअघि पूर्व राजा ज्ञानेन्द्र विभिन्न समयमा पोखरा आए पनि परिवारसहित पहिलो पटक भ्रमण गरेको र छोरीको जन्मदिन मनाएको भने यो पहिलो पटक हो । 

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ६ : ५२ बजे

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९