साम्बा चम्किँदा पहिलो हाफमा म्यानमारसँग नेपालको बराबरी (तस्बिरहरू) « Khabarhub

साम्बा चम्किँदा पहिलो हाफमा म्यानमारसँग नेपालको बराबरी (तस्बिरहरू)


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गतको तेस्रो खेलमा म्यानमार र आयोज नेपाल भिडिरहेका छन् ।

काठमाडौंको दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपाल र म्यानमार दुवैले २-२ गोलको बराबरी गरेका छन् ।

तर खेलमा अग्रता भने छैटौँ मिनेटमै म्यानमारले बनाएको थियो । म्याट नोए खिनले करिब २५ यार्डबाट फ्रीकिकमा सिधै गोल गरेकी थिइन् ।

नेपाली गोलकिपर अन्जन राना मगरले बललाई रोक्न नसकेपछि जाली चुम्न पुग्यो ।

म्यानमारले अग्रतथा लिएलगत्तै नेपालले बराबरी गोल फर्कायो । खेलको ११औं मिनेटमा सविता राना मगरले बराबरी गोल गरिन् ।

सावित्रा भण्डारीले मैदानको बायाँबाट अगाडि बढ्दै सिक्स यार्ड बक्सबाट दिएको पासलाई सविताले जाली चुमाइन् । सविताले राम्रो फिनसिङसहित बराबरी गरेकी थिइन् ।

त्यसपछि म्यानमारले खेलको १६ औँ मिनेटमा नेपालविरुद्ध दोस्रोपटक अग्रता लिएको थियो । पछि परेपछि दबाबमा परेको नेपालका लागि खेलको ४१ औँ मिनेटमा सावित्रा भण्डारी साम्बाले गोल फर्काइन् ।

खेलको ४१औं मिनेटमा सावित्राले डी बक्सबाहिरबाट आएको पासलाई पावरफुल सटसहित जाली चुमाउँदै खेललाई २-२ को बराबरी बनाइन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ६ : ५५ बजे

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६