पाकिस्तानको रावलपिण्डीमा खडेरी « Khabarhub

पाकिस्तानको रावलपिण्डीमा खडेरी


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको रावलपिण्डी शहरमा पानीको चरम संकट देखा परेको छ । रावलपिण्डीमा खडेरी परेपछि पानी तथा सरसफाइ एजेन्सीले त्यहाँ संकटकाल घोषणा गरेको छ ।

पाकिस्तानको मौसम विभागले फेब्रुअरी र मार्च महिनामा त्यहाँ वर्षाको सम्भावना एकदमै न्यून रहेको चेतावनी दिएपछि संकट घोषणा गरिएको हो । 

जनसङ्ख्याको तीव्र वृद्धि, स्रोतको अभावजस्ता कारणले गर्दा खडेरी उत्पन्न भएको एजेन्सीका महानिर्देशक मुहम्मद सलिम अशरफलाई उद्धृत गर्दै डन अखबारले जनाएको छ ।

उनले शहरका बासिन्दालाई पानीको उपभोगमा मितव्ययिता अपनाउन समेत आग्रह गरेका छन् । रावलपिण्डीमा हरेक दिन ६ करोड ८० लाख ग्यालन पानीको माग रहेको जनाइएको छ । त्यहाँ आपूर्ति भने केबल ५ करोड १० लाख ग्यालनमात्र हुने गरेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ६ : ५७ बजे

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित