छैटौँ मधानी महोत्सव मौलापुरमा सुरु « Khabarhub

छैटौँ मधानी महोत्सव मौलापुरमा सुरु


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

रौतहट– मौलापुर नगरपालिकाद्धारा आयोजित छैटौँ मधानी महोत्सव औपचारिक रूपमा आजदेखि सुरु भएको छ । मौलापुर  पतौरास्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित आयोजना गरिएको पाँच दिने मधानी महायज्ञ सुरु भएको हो ।

महोत्सवको आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह र मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री  रानी शर्मा तिवारीले संयुक्त रूपमा विधिवत् उद्घाटन गरेसँगै सुरु भएको छ । 

२०७६ साल देखी प्रत्येक वर्ष भगवान् शिव पार्वतीकोको विवाह उत्सवको रूपमा मनाइने मधानी महायज्ञले धर्म, संस्कृतिको संरक्षण , नेपाल र भारतका लाखौँ दर्शनार्थीहरु दर्शन गर्न यहाँ आउने भएकाले  दुई देशको सम्बन्ध अझै बलियो बनाउने आयोजकले विश्वास लिएको छ ।   

पूर्व मन्त्री प्रभु साहले  साधुसन्त, कलाकार सहित प्राचिक दंगल कार्यक्रममा लाखौँको सहभागिता हुने गरेको छ यसले नेपाल भारतको सम्बन्ध अझै बलियो बनाउँछ भनेका छन्। दुई देश र नागरिकको सम्बन्ध बलियो बनाउँदै धर्मसंस्कृतिको जर्गेना समेत हुन्छ । व्यापार, व्यवसाय समेत यसले बढाउँछ ।

नेपाल र भारतको सम्बन्ध जोडने मधानी महोत्सवमा सबैको चासो रहेको बताउँदै उनले यसलाई व्यवस्थित रूपमा अगाडी बढाउनुपर्ने विचार राखेका थिए। नेपाल र भारतका भक्तजनहरूको साझा स्थल रहेको मधानी महायज्ञ अन्तर्राष्ट्रिय रूपमा अगाडी बढी रहेको उनले बताए । 

महोत्सवको अवसरमा आयोजित साक्षरता अभियानले मौलापुरको गौरव बढाएको बताउँदै पूर्व मन्त्री साहले मौलापुर हरेक क्षेत्रमा सराहनीय काम गरिरहेको बताए। शून्य कर नीतिदेखि लिएर, शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा मौलापुर नगरपालिकाले गरिरहेको काम उदाहरणीय रहेको बताउँदै साहले अरु नगरपालिकाले समेत सिक्ने आइरहेकोमा खुसी व्यक्त गरेका थिए।

मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहको अध्यक्षतामा उद्घाटन भएको मधानी महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थीहरूले शिक्षा साक्षरता केन्द्रित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । 

मौलापुर नगरपालिका पतौरा स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित मधानी महायज्ञ भइरहेको बताउँदै मेयर साहले यसलाई ढिलाइ नगरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्नुपर्ने माग सरकारसँग गरिन् । 

मधानी महायज्ञ प्राचीन यज्ञ भएको र यहाँ ब्राह्मण बिना नै मन्त्रको जप हुने गरेको छ । ११ फागुनदेखि सुरु भएको मधानी महोत्सव १२ फागुनमा शिव वारात यात्रा, १३ गते मधानी विशेष पूजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक समारोह र १५ गते मधानी विशेष दंगल कार्यक्रम रहेको छ ।

आयोजकका अनुसार प्रत्येक वर्ष जस्तै यस वर्ष पनि मधानी महायज्ञमा नेपाल र भारतका चर्चित कलाकारहरू आउदैछन् । हिन्दी, भोजपुरी सिने जगतका चर्चित कलाकार एवं सांसद रवि किशन, भोजपुरी सिने जगतका लेखक, निर्माता तथा विधायक बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेको महायज्ञमा हुने विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । 

यसैगरी मधानी महायज्ञमा महाकुम्भ मेलाका भाईरल गर्ल मोनालिसा सहित मिंटुवा भोजपुरीया (कलाकार), सुनील पंडित (गायक), अनु चौधरी (गायिका), सदाम हुसेन (कलाकार), रचना सिवाकोटी ( कलाकार), रुद्र नारायण तिवारी (गायक), प्रीति आर्या पासवान (कलाकार), प्रिया सुहानी (कलाकार), रोसनी राज (कलाकार), सरिता साह (कलाकार), अर्जुन बीसी (कलाकार), मनीषा राई (कलाकार) सहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरूको समेत सहभागिता हुँदैछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ७ : ०२ बजे

समानुपातिक बन्दसूचीबाट ८५ जनाले फिर्ता लिए नाम

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीबाट नाम

राजुनाथ पाण्डे काठमाडौँ–४ बाट चुनाव लड्ने तयारीमा

काठमाडौं- काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले प्रतिनिधिसभा सदस्यको

विशेष महाधिवेशनकाे कार्यतालिका संशोधन, मंगलबार पनि बन्दसत्र र नाम दर्ता हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको कार्यतालिका संशोधन गरिएको

कांग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयनका प्रक्रिया सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मंगलबार पार्टीको नीति

सिन्धुलीकी टङ्कमायाको हत्यामा संलग्न रहेको अरोपमा दुई जना पक्राउ

सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको