चिनियाँ मन्त्रीको टोलीले गर्यो भक्तपुरको अवलोकन भ्रमण « Khabarhub

चिनियाँ मन्त्रीको टोलीले गर्यो भक्तपुरको अवलोकन भ्रमण


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनजाति मामिला आयोगका मन्त्री फान यूएको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधिमण्डलले आइतबार भक्तपुरको अवलोकन भ्रमण गरेका छन् । 

विश्व सम्पदा सूचिमा सूचिकृत भक्तपुर दरबार स्क्वायरमा अवस्थित ऐतिहासिक एवम् सांस्कृतिक सम्पदाहरूको टोलीले अवलोकन भ्रमण गरेको हो । 

टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर दरबार क्षेत्रको प्रवेशद्वारमा पुष्पगुच्छा, भादगाउँले टोपी, खादा र परम्परागत थैली प्रदान गरेर स्वागत गरे । 

सोही क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुरको सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनमा भक्तपुर नगरपालिकाले विशेष प्राथमिकता दिएर काम गर्दै आएको बताउँदै भक्तपुरका मूर्त र अमूर्त सम्पदाहरूबाट विदेशी पर्यटक आकर्षित भइरहेको बताए ।

राष्ट्रिय जनजाति मामिला आयोगका मन्त्री फान यूएले भक्तपुरका सम्पदा, कला कृतिहरू धेरै राम्रो लागेको र घुम्न धित नपुगेको बताउँदै अवसर मिलेमा पुनः भक्तपुरमा आउने वाचा गरे । 

प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालय, स्वर्णद्वार, पचपन्नझ्याले दरबार, सिद्धिलक्ष्मी मन्दिर, सिलु महादेव मन्दिर र चतुब्र्रह्म महाविहार अवलोकन गर्दै टौमढी क्षेत्रको पाँचतले मन्दिर, भैवनाथ मन्दिर, गःहिटीको लक्ष्मीनरसिंह मन्दिर हुँदै तालाक्व क्षेत्रमा मृत्तिका कलाको पनि अवलोकन गरेको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ७ : ०७ बजे

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न