शेखर भन्छन्- अब पार्टीभित्र अन्याय हुन दिन्न, कार्यकर्ता संरक्षण गर्छु « Khabarhub

शेखर भन्छन्- अब पार्टीभित्र अन्याय हुन दिन्न, कार्यकर्ता संरक्षण गर्छु


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्तालाई अब अन्याय हुन नदिने प्रतिबद्धता जनाएका छन्  ।

कांग्रेसको राप्ति स‍ोनारी गाउँपालिका सम्मेलनलाई आइतबार उद्घाटन गर्दै डा.कोइरालाले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफूले लिने बताएका हुन् ।

नेता डा.कोइरालाले थपे–’ढुक्क भएर संगठन गर्नुस्, समयमै सदस्यता नवीकरण गराउनुस् ।’ सबै तहका कांग्रेस कार्यकर्ताहरू पार्टीको विधान अनुसार अघि बढ्न निर्देशन समेत दिए ।

व्यक्ति बलियो होइन संस्था बलियो बनाउनु पर्ने धारणा राख्दै देश दौडाहमा रहेका नेता डा. कोइरालाले आगामी महाधिवेशन निर्धारित समयमै हुनुपर्नेसमेत बताएका छन् ।

निरन्तर जिल्ला भ्रमणमा रहेका कांग्रेस नेता डा. कोइराला शनिबार नेपालगन्जमा आई पुगेका हुन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ७ : ३० बजे

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३