आठ दलीय मोर्चाको निष्कर्ष : ‘नो केबलकार’ आन्दोलनमा प्रहरीले अत्यधिक दमन गर्‍यो | Khabarhub Khabarhub

आठ दलीय मोर्चाको निष्कर्ष : ‘नो केबलकार’ आन्दोलनमा प्रहरीले अत्यधिक दमन गर्‍यो


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मधेशवादी राजनीतिक दलहरुले पाथीभरा मुकुम्लुङमा ‘नो केबलकार’ पक्षधर समुहबाट भइरहेको आन्दोलनमा प्रहरीद्वारा अत्यधिक दमन भएको निष्कर्ष निकालेका छन् ।

आइतबार राष्ट्रिय मुक्ति पार्टी नेपालको कार्यालय शंखमुलमा बसेको बैठकले नो केबलकार समुहद्वारा भइरहेको संघर्षमा प्रहरीद्वारा अत्यधिक दमन, अनावश्यक धडपकड र झुठा मुद्दा लगाउने जस्ता कार्यहरु भैरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मुक्ति पार्टीका नेता केशव झाका अनुसार मुकुम्लुङ घटनामा गिरफ्तार गरिएका आन्दोलनकारीहरुलाई विना शर्त रिहाई गर्न माग गर्ने बैठकले निर्णय गरेको छ । सरकारलाई तत्काल वार्ता र सम्वाद मार्फत समस्याको समाधान खोज्न समेत माग गर्ने निष्कर्षमा पुगेको झाले बताए ।

आठ दलिय मोर्चामा लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ९ : ०४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’