सूर्य देवको पूजा विधि के हो ? « Khabarhub

सूर्य देवको पूजा विधि के हो ?


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल चैत १० गते आइतबार चैत कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ मार्च २३ तारिख। विश्व मौसम विज्ञान दिवस। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।

धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ।

यस्तो छ पूजा गर्ने विधि:
आइतबारको दिन बिहान छिट्टै उठेर नुहाउने र कुनै मन्दिर गई भगवानको दर्शन गर्ने। त्यसपछि सूर्यदेवलाई जल चढायो भने कुण्डलीमा भएको दोष नाश हुन्छ।

पूजामा सूर्य देवलाई मनपर्ने रातो फूल, रातो चन्दन, गुडहलको फूल र चामल चढाउनुपर्छ। साथै गुड वा गुडबाट बनेको मिठा पनि चढाउनु पर्छ। त्यस पश्चात अब यी दुई मध्य कुनै एक मन्त्रको जप गर्नुहोस्प्रा।तस् स्मरामि खलु तत्सवितुर्वरेण्यम् रूपं हि मण्डलमृचोथ तनुर्यजूंषि। सामानि यस्य किरणास् प्रभवादिहेतुं ब्रह्माहरात्मकमलक्ष्यमचिन्त्यरूपम्। ॐ खखोल्काय शान्ताय करणत्रयहेतवे।

निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे। त्वमेव ब्रह्म परममापो ज्योती रसोमृत्तम्। भूर्भुवस् स्वस्त्वमोङ्कारस् सर्वो रुद्रस् सनातनस्।माथि दिइएको मन्त्रको जप गरेर पूजा सकिए पश्चात आफ्नो निधारमा रातो चन्दन लगाउनुहोस्। यसो गर्दा सुर्य दोष नाश हुने भनाइ छ।धर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।

धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ५ : ३७ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको