आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ २६ पैसा र बिक्रीदर १३७ रुपियाँ ८६ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १४८ रुपियाँ ८० पैसा र बिक्रीदर १४९ रुपियाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रुपियाँ ६७ पैसा र बिक्रीदर १७८ रुपियाँ ४५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रुपियाँ ७८ पैसा र बिक्रीदर १५६ रुपियाँ ४६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ३६ पैसा र बिक्रीदर ८६ रुपियाँ ७३ , क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ७३ पैसा र बिक्रीदर ९६ रुपियाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपियाँ ८८ पैसा र बिक्रीदर १०३ रुपियाँ ३३ पैसा निर्धारण गरिएको छ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ २१ पैसा र बिक्रीदर नौ रुपियाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९४ पैसा र बिक्रीदर १९ रुपियाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ५९ पैसा र बिक्रीदर ३६ रुपियाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ६५ पैसा र बिक्रीदर ३७ रुपियाँ ८२ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०५ पैसा र बिक्रीदर चार रुपियाँ ०७ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ३७ पैसा र बिक्रीदर ३७ रुपियाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ०५ पैसा र बिक्रीदर ३१ रुपियाँ १८ पैसा निर्धारण भएको छ।

त्यस्तै, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ३८ पैसा र बिक्रीदर नौ रुपियाँ ४२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ६० पैसा र बिक्रीदर १३ रुपियाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ९५ पैसा र बिक्रीदर २० रुपियाँ ०३ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ६६ पैसा र बिक्रीदर १७ रुपियाँ ७३ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपियाँ ४५ पैसा र बिक्रीदर ४४७ रुपियाँ ३९ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपियाँ १२ पैसा र बिक्रीदर ३६५ रुपियाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपियाँ ५९ पैसा र बिक्रीदर ३५८ रुपियाँ १५ पैसा रहेको छ। भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुला बजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाएको छ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ५ : ४३ बजे

सिंहदरबारमा सर्वदलीय बैठक जारी, पाँच पार्टीका प्रतिनिधि सहभागी, श्रम संस्कृति गएन 

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा

रवि लामिछानेले सर्वदलीय बैठक बोलाउनु सकारात्मक पहल: महेश बस्नेत

काठमाडौँ – नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी

२१ औँ अन्नपूर्ण बुद्धिचाल प्रतियोगिता सम्पन्न

काठमाडौँ – २१ औँ अन्नपूर्ण चेस प्रतियोगिताको विभिन्न उमेर समूहमा

तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले किशोरावस्थामा देखिने तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई

हिमालयन सितार र बबिन ढुङ्गानाको साङ्गीतिक प्रस्तुति

काठमाडौँ – काठमाडौँको क्षेत्रपाटीमा एक विशेष शास्त्रीय साङ्गीतिक कार्यक्रम सम्पन्न