आइपीएलमा आज दुई खेल : हैदरावाद र राजस्थान, चेन्नई र मुम्बई भिड्दै « Khabarhub

आइपीएलमा आज दुई खेल : हैदरावाद र राजस्थान, चेन्नई र मुम्बई भिड्दै


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपीएलं) अन्तर्गत आइतबार दुई खेल हुँदैछन् । पहिलो खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ । यो खेल नेपाली समय अनुसार आइतबार दिउँसो ३ः४५ बजे हैदरावादमा सुरु हुनेछ ।

दोस्रो खेलमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स प्रतिस्पर्धा गर्दैछन् । यो खेल आइतबार साँझ ७ः४५ बजे चेन्नईमा सुरु हुनेछ ।

आइपीएल २०२५ शनिबार सुरु भएको हो । उद्घाटन खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध शानदार जित निकाल्दै रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुवात गरेको छ ।

कोलकातालाई ७ विकेटले हराउँदै बैंगलुरुले विजयी सुरुवात गरेको हो । शनिबार साँझ कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा भएको खेलमा सुरुमा ब्याटिङ गरेको कोलकाताले दिएको १७५ रनको लक्ष्य बैंगलुरुले १६.२ ओभरमा मात्र ३ विकेट गुमाए १७७ रन बनाउँदै पूरा गरेको हो ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ६ : ४८ बजे

अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा !

काठमाडौं– बलिउड अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर लामो समयदेखि

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको