खण्डहरजस्तै बन्यो सुन्धारा (तस्बिरहरू) « Khabarhub

खण्डहरजस्तै बन्यो सुन्धारा (तस्बिरहरू)


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– करिब चार सय वर्ष पुरानो इतिहास बोकेको सुन्धारा अहिले खण्डहर जस्तै बनेको छ । धरहरा पुन निर्माणको काम गरेको रमण कन्स्ट्रक्सन कम्पनीले नै सुन्धारा पुन निर्माणको काम पाएको भए पनि परम्परागत संरचना धमाधम भत्काउन थालेपछि स्थानीय अभियन्ता र बासिन्दाहरूले विरोध गरेका थिए । 

सुन्धाराको पुरानो संरचना कुनै पनि हालतमा भत्काउन नदिने र नेपाली मौलिक कला–संस्कृतिको नमुनाका रूपमा सुन्धारा रहेकाले यसको संरचना जोगाउनुपर्ने स्थानीयको माग रहेको छ । 

 सो निर्माण कम्पनीले सुन्धारा रहेको ठाउँभन्दा पछाडि ठूलो खाडल बनाएर एक लाख लिटर पानी अट्ने ट्यांकी निर्माण सुरु गरेको भए पनि सुन्धाराको ऐतिहासिक संरचनामा क्षति पुग्ने र कृत्रिम ढंगले सुन्धारामा पानी खसाल्न नदिने भन्दै विरोध भइरहेको थियो । 

२०७२ सालमा गएको भूकम्पले सुन्धाराको बाहिरी संरचनामा क्षति पुगेको थियो । पर्खाल र भुईँमा बिछ्याएका ढुंगा भूकम्पले चर्किएका थिए । त्यसलाई मर्मत–सम्भार गरेर सुन्धारामा पानी खसाल्नेसहितको योजना अघि सार्न स्थानीयले काठमाडौं महानगरपालिकालाई ध्यानाकर्षण गराएका थिए । 

तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा धरहराको योजनाभित्र सुन्धारालाई पनि समेटेर पुनर्निर्माण गर्ने गरी ठेकेदार कम्पनीलाई जिम्मा दिइएको थियो । सुन्धाराको बाहिरी भाग भीमसेन थापाका पालामा बनेको थियो भने त्यसमा ल्याइएको पानी प्रणाली करिब चार सय वर्ष पुरानो रहेको जानकारहरूको भनाइ छ ।

उपत्यकाका तीन जिल्लाका धारामध्ये काठमाडौंको सुन्धारा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । यहाँ एकै ठाउँमा पाँच वटा सुनका धारा थिए । तर, अहिले तीन वटा मात्रै सुनका धारा छन् । करिब २० वर्षअघि चोरिएका दुई वटा सुन्धारा अझै भेटिएका छैनन् । 

हेर्नुहोस् तस्बिरहरु :

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ४ : ४१ बजे

लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति

काठमाडौं– नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

फिल्म क्षेत्र थला पर्ने कारक बन्नसक्छ कांग्रेसको फुट !

काठमाडौं – देशका सकारात्मक वा नकारात्मक दुवै मुख्य घटनाको असर

देउवाले एमाले फुटाइदिएको सम्झिँदै योगेशले भने : कांग्रेसको विभाजन दु:खद्, कुनै न कुनै उपायबाट फेरि मिलोस्

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विभाजनलाई दुःखद

एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै

काठमाडौं– एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्न नेपालस्थित अमेरिकी दूतावाससँग

फुटेका कांग्रेस कार्यकर्ता नाराबाजीमा उत्रिँदा कान्तिपथमा तनाव (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता-कार्यकर्ता निर्वाचन आयोग अगाडि